logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महाशिवरात्री तथा २६० औ सेना दिवसको अवसरमा नया गोरख गणको सास्कृतिक ,फोटो प्रदशनी


  • जन आकाश
  • शनिबार, फाल्गुन ६ २०७९

 



मोहन कार्की ।

रामेछाप । रामेछाप जिल्लास्थित रामेछाप नगरपालिकास्थित नयाँ गोरख गणले महाशिवरात्री तथा २६० औ सैनिक दिवशको अवसरमा रामेछाप गोरख गणद्वारा सकलित सस्कृतिक फोटो प्रदशनी कार्यक्रम  गरेको  छ।

उक्त कार्यक्रममा नयाँ गोरख गणले मानविय कार्य गरेका स्मरणीय फोटोहरु प्रदर्शनमा राखिएका थिए । सर्वसाधारणको समेत उल्लेखनीय उपस्थिति रहेको त्यस सैनिक दिवशमा रामेछाप जिल्लाका मन्थली मावी, गौरिसखर मावी, सोही गोरख गणका सैनिक कलाकारहरुले रास्टिय भावनाले ओतप्रोत र सद्भाव कायम गर्ने गितहरुमा सास्कृतिक  प्रस्तुत गरेका थिए।

उक्त प्रदर्शन हेर्न रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपाने वडा अध्यक्षहरु समीर कार्की, सन्तोष तामाङ लगायत वडा सदस्यहरु,नगरपालिकाका कर्मचारीहरु, गौरीशंकर माविका प्रधानध्यापक नीर बहादुर कार्की, सिक्षक, बिद्यार्थी र नगरपालिका रास्ट्रपति खेल्न आएका खेलाडीहरु, स्थानीय वासिको बाक्लो उपस्तिथि रहेको थियो ।

कार्यक्रममा नेपाली सेनाको गौरवमय इतिहास देशको रक्षाको लागि नेपाली सेनाले खेलेको भुमिकाका वारेमा जानकारी गराइएको थियो ।

नयाँ गोरख गण दलले बिद्यार्थिहरुलाइ एनसी तालिम गराएकाहरुलाइ र सास्कृतिक प्रस्तुतमा भाग लिएका कलाकारहरूलाई संयुक्त फोटो शेसन गरेको थियो।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend