logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ विषयमा सेमिनारको आयोजना हुदै


  • जन आकाश
  • बुधबार, फाल्गुन १० २०७९

 



काठमाडौं । डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवद्धन गर्ने उदेश्यले यहि फागुन ११ गते अर्थात २३ डिसेम्बर २०२३ मा डिजिटल लर्निङ डे विशेष कार्यक्रमको आयोजना गरिदै छ । एडचेन्ज नेपाल सस्थाले ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा कार्यक्रम आयोजना गर्न लागेको हो ।

होटल हिमालय, कुपण्डोलमा आयोजना हुने कार्यक्रममा विभिन्न विज्ञहरुबाट कार्यपत्र प्रस्तुती, प्यानल सेसन र आइडिया पिचिङको कार्यक्रम रहेको छ । डिजिटल लर्निङ डे, सन् २०१२ देखि एलायन्स फर एक्सिलेन्ट एजुकेशन नामक सस्थाले विश्वभर सुरु गरेको एउटा अभियान हो । फ्रेब्रुअरी महिनाको तेस्र्रो हप्ताको बिहिबारको दिन विश्वका सर्यौ देशहरुमा डिजिटल लर्निङ डे मनाउने गरिन्छ । यस वर्ष नेपालमा शिक्षामा परिवर्तनको स्लोगन सहित काम गरिरहेको एडचेन्ज नेपालले आयोजना गरिरहेको कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन प्र. डा .बालचन्द लुइटेलले मुख्य वत्ताको रुपमा प्रस्तुती गर्नुहुनेछ ।

यसैगरी नेपाल खुल्ला विश्वविद्यालयका सह प्राध्यापक डा.भोजराज घिमिरे र काडिंगल भारतमा सह सस्थापक सत्यम वर्नवालको कार्यपत्र प्रस्तुती रहेको छ । प्यानल सेसनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द युनेस्को, प्याब्सन र अन्य सस्थाहरुबाट विशिष्ट व्यत्तिहरुबिच अन्तकृया सञ्चालन हुनेछ ।

आइडिया पिचिङको रुपमा शिक्षकहरुले टिचिङ अभ्यासको बारेमा नयाँ आइडियाहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस कार्यक्रमले डिजिटल शिक्षाको लागि नयाँ अवधारणा बनाउनेसँगै आवश्यक नीति र योजनाहरुमा सघाँउ पुर्याउने आयोजकले विश्वास लिएको छ । कार्यक्रमको बारेमा थप जानकारी लिन www. edchangenepal.org हेर्न सकिनेछ ।
नेपालमा विगत एक दशकदेखि नै डिजिटल लर्निङको क्षेत्रमा विभिन्न अभ्यासहरु भइरहेका छन । विशेषगरी कोभिड १९ पश्चात विद्यार्थीहरुको सिकाईको लागि सरकारले पनि अनलाइन शिक्षालाई प्रवद्धन गरेको छ । एक दर्जनबढि कम्पनीहरुले अनलाइन शिक्षा तथा डिजिटल कन्टेन्टको विकासमा काम गरिरहेका छन । तर, अझैपनि डिजिटल लर्निङलाई पुर्णरुपमा आत्मसात गर्न नसकिएको देखिन्छ ।

सरकारले विद्यालयस्तरमा शैक्षिक सामग्री र पुस्तक महिनौसम्म उपलब्ध गराउन नसकिरहेको सन्दर्भमा, अब डिजिटल लर्निङलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिन्छ । यसको लागि आवश्यक पुर्वाधार विकास, डिजिटल कनेक्टिभिटीमा जोड दिनुपर्ने अवस्था छ । नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कमा पनि डिजिटल शिक्षालाई आठ कार्यक्षेत्र भित्र समावेश गरेको छ ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend