logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कैलालीमा माइक्रो बसको ठक्करबाट ६० वर्षीया गेरुवा चौधरीको मृत्यु


  • जन आकाश
  • बिहिबार, फाल्गुन ११ २०७९

काठमाडौ । कैलालीमा माइक्रो बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका ९ बल्मीमा बिहीबार बिहान बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।



जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक विरेन्द्र जोहारीले माइक्रोको ठक्करबाट गौरीगंगा नगरपालिका ६बस्ने ६० वर्षीया गेरुवा चौधरीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । चौधरीलाई ठक्कर दिने नेपालगञ्जबाट अत्तरियातर्फ आउँदै गरेको उक्त माइक्रो बस र चालक बाँकेको कोहलपुरका २९ वर्षीय नविन सिंहलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको जोहारीले बताए ।

घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्गमा अवरोध सिर्जना भएपछि विभिन्न गन्तव्यका लागि छुटेका सवारीसाधन बल्मीमा रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend