जन आकाश
मोहन कार्की ।
काठमाडौ । काठमाडौ उपत्यका निर्माण व्यावसायी संघको १७ साधारणसभा तथा रजत जयन्यती र ९ औ अधिवेशन काठमाडौको राष्ट्रियसभा गृहमा आजवाट शुरु भएको छ । उदघाटन शत्र कार्यक्रमको सभापति निवर्तमान अध्यक्ष कृष्ण प्रसाद गौतमले गरेका छन् । भने प्रमुख अतिथि शहरी विकास मन्त्री बिक्रम पाण्डेले गरेका छन् । त्यसैगरी बिशेष अतिथिहरुमा नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष रवी सिंह लगायतका पदाधिकारीहरुको आतिथ्यमा भएको छ ।
उक्त अवसरमा काठमाडौ उपत्यका निर्माण व्यवसयी संघ स्थापना कालमा सस्थापक सदस्यहरुलाई सम्मान पत्र तथा प्रदेशका सदस्याहरुलाई मायाको चिनो अतिथिहरुलाई मायाको चिनो दोसल्ला ओडाएर सम्मान पनि गरिएको थियो ।
गौतम र श्रेष्ठलेको अध्यक्षमा प्रतिस्पर्धा हुुने
अध्यक्षको लागि कृष्ण प्रसाद गौतम र सन्त कुमार श्रेष्ठले प्रतिस्पर्धा गर्ने निश्चित जस्तै भएको छ । अर्को अप्रत्याशित निर्णण नभएमा अध्यक्षको लागि प्रत्यासी गौतम र श्रेष्ठ नै हुनेछन् ।
यस्तो छ गौतमको प्यानलले सारेको घोषणा पत्र र नामवली
काठमाडौ उपत्यका निर्माण ब्यवसायी संघको क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउने अठोट सहित अध्यक्षमा कृष्ण प्रसाद गौतम , वरिष्ठ उपाध्यक्ष कमला भटृराई काफले ,प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया दुर्लभ , द्धितीय उपाध्यक्ष तिलक बहादुर लामा ,महासचिब पञ्चराम तामाङ (बिजय ),नीतिगत उपमहासचिब अर्जुन महर्जन , आन्तारिक उपमहासचिब राजन गौतम , कोषाध्यक्ष मनोज श्रेष्ठ ,सह कोषध्यक्ष राजन श्रेष्ठ लगायतलाई उदघाटन शत्र अगावै घोषणा गरेर सार्वजनिक गरिसकेको छ । यहि मिति २०७९ फागुन १४ गतेका दिन हुन गहिराखेको निर्वाचनमा काठमाडौ उपत्यका निर्मायण ब्यवसायी संघको अध्यक्षमा कृष्ण प्रसाद गौतमको प्यानलले उम्मेद्धारी घोषणा गरिसकेको छ ।
भने अर्को प्यानल सन्त कुमार श्रेष्ठले पनि उम्मेद्धारी घोषणा गरेका छन् । तर भोली अर्थात फागुन १३ गतेसम्म सर्वसहमतिले कृष्ण गौतमको अध्यक्षतामा मिलायर निर्वाचन नगर्ने गरी वातावरण बनाउन काठमाडौ उपत्यकाका पुर्व अध्यक्षहरु तथा नेपाल निर्माण व्यवासयी महासंघका पदाधिकारीहरु लागिरहेको बताईएको छ । तर भोली अर्थात १३ गतेसम्म सर्वसहमत नभए स्वस्थ प्रतिस्पर्धा हुनेछ ।
आज उदघाटन शत्रमा प्रमुख अतिथि शहरी विकास मन्त्री बिक्रम पाण्डे, नेपाल निर्माण व्यावसायी महासंघका पदाधिकारीहरु, अमन्त्रित निर्माण व्यवसायीहरुले सर्वसहमति गर्न र काठमाडौ उपत्यका निर्माण व्यावसायी संघलाई एकढिक्का बनाउन शुभकामना राख्ने क्रममा सवैले आग्रह गरेका छन् । उक्त निर्माण व्यावसायीहरु मध्यका अगुवाहरुले आग्रह गरेको हुनाले सर्वसहमति नहोला पनि भन्न सकिदैन ।
यतिवेला काठमाडौ उपत्यका निर्माण व्यवासायी संघको बन्द शत्र चलिरहेको छ । बन्द शत्रवाट भावी रणनीतिसहित उम्मेद्धारहरुले प्रस्तुत गरेका विचारमा व्यवसायीहरुले आफ्नो हकहितको लागि काम गर्नसक्ने नेतृत्व छान्नुपर्छ भन्दै छलफल भईरहेको त्याहावाट हाम्रा प्रतिनिधिले जानकारी गराएका छन् ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend