logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कास्कीमा वडाध्यक्षले प्रहरी कर्मचारी माथि कुटपिट गरे ?


  • जन आकाश
  • शुक्रबार, फाल्गुन १२ २०७९

 



काठमाडै । कास्कीका एक जना वडाध्यक्षले कर्मचारीमाथि हातपात गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरूङले इन्जिनियर लक्ष्मण जिसीलाई शुक्रबार बिहान १० बजे कुटपिट गरेका हुन् । घाइते जिसीको नाकमा चोट पुगेको प्रहरीमा दिएको उजुरीमा छ । उजुरीमा जिसीले सार्वजनिक ठाउँमा कुटपिट गरेकाले वडाध्यक्षलाई आवश्यक कारबाही गर्न उनले माग गरेका छन् ।

जिसीलाई अश्लील गालीगलौज हातपात गरेको विषयप्रति कास्की जिल्लामा रहेका क्रियाशील ट्रेड यूनियनले विज्ञप्ति मार्फत वडाध्यक्षलाई कारबाहीको माग गरेका छन् । ‘गल्ती गरेमा उसलाई कानुन अनुसार कारबाही गर्न सकिने अवस्था हुँदाहुँदै मुढेबल प्रयोग गरी गालीगलौज तथा कुटपिट गरेको कार्य प्रति कास्की जिल्लामा रहेका हामी क्रियाशील ट्रेड युनियन घोर निन्दा एवं भर्त्सना गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend