logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

युवा पुस्तालाई देशमै अड्याउने नीति बनाइयोस्


  • जन आकाश
  • शनिबार, फाल्गुन १३ २०७९

People thronging at Tribhuvan International Airport in Kathmandu to leave for their respective destinations following the devastating earthquake in Nepal.

मोहन कार्की ।



देशको समसामयिक टिप्पणी

नेपालका दुई सन्तानको नीति लिएकाहरुवाट उत्पादन भएका वा अन्य पछिल्लो नेपाली नागरिक बालिक अधिकार हुदै गरेका नेपालका युवायुवतीहरु प्लस टु पास गर्ने बित्तिक्कै देश छोडेर पढ्ने नाममा विदेश जानेको लर्को बढेको छ । जसमध्य सवैभन्दा बढी अष्टिे«लिया, इरोप, क्यानाडा त्याहा नसके छिमेकी राष्ट्र भारतमा समेत पढ्न जाने गरेका छन् । बाँकी स्कलरसीपमा चीन, जापानमा समेत जान्छन् । विस्तारै नेपाली मुलका नागरिकहरुको लागि नेपाल खाली गरिदैछ । व्यवहारिक रुपमा नै खाली हुदैछ ।
सायद यस्तो गर्नुमा कुनै अरुनै कारण नभएर नेपाली मुलको मुल थलो नेपाल सदाको लागि लोप गराउन अन्तै कतैवाट नीतिगत योजना त बनेको छैन ? प्रश्न गर्ने आधार बन्दै गएको छ । यतिवेला गाउँघरहरु रित्ता भएका छन् । बारीहरु बाजोमा परिणत भएका छन् । कोही मर्दा मलामी पाउन समेत मुस्किल परिसकेको छ । त्यही गाउँमा हुर्केको, बढेको, पढेको युवा विद्यार्थी बिदेश जान्छ र उत्तै पलायन हुन्छ । हुदैछन् र गाउँहरु उजाड बन्दै गईरहेका छन् । यो अत्यन्तै चिन्ताको बिषय हो ।

युवा पुस्ताको भनाई : देशमा सम्भावना नै छैन ।
अचेल बाग बजार, नयाँ वानेश्वर, कोटेश्वर, चावहिल, महाराजगंज बाकी रहेको कुना कुनामा समेत आयल टेष्टको लागि खोलिएका कन्सल्टेन्सीहरुमा भेटिने युवाहरुको भीडलाई तपाईहरु काहाँ जानको लागि तयारी गर्न लागेको भनेर सोध्यौ भने अष्टे«लिया, युके, जापान, युरोप, लगायत देशमा भन्छन् । नेपालमा नै बसेर पढ्दै विजनेस गरे हुन्न वा काम पाईदैन र ? भन्दा उनिहरुले नेपालमा सम्भावना नै नभएको बताउने गरेका छन् । उनिहरुको तर्क नेपालमा काम नै पाईदैन । पाएपनि थोेरै मुल्यमा जागिर लगाउने त्यो पनि सरकारी जागिर थोरै मानिसहरुले मात्र पाउने निजीमा जागिर पाएपनि निश्चित नहुने कुन बेला जागिर जान्छ । जागिर गएपछि अर्को जागिर नपाउने जस्ता समस्या हुन्छ नेपालमा उद्योग कलकारखान केही छैनन् । भएकाहरुमा पनि निरन्तर काम छैन । त्यसकारण सम्भावना छैन । भन्छन् ।

लाखौ भारतीय नेपालमा
नेपालीहरु यसरी देशवाट बहिरीरहदा छिमेकी राष्ट्रका लाखौ भारतीयहरु भने नेपालमा नै रोजगारी गरिरहेका छन् । उनिहरु रोजगार मात्र होइन उनिहरुले कपाल काट्ने देखि कवाडको सामान उठाउने, साइकलमा तरकारी फलफुल बेच्ने, साइकल बनाउने देखि मोटरसाइसकल वर्कशप हुदै ठुला होलसेलर एक्सपोर्ट इमपोटर तिनै भारतीहरु नेपालका ठुला व्यापारी रहेका छन् । कतिपयले त नेपालमा नै बसोबास गरेर नेपाली नागरिता लिइसकेका र नेपालका उद्योग, टे«डिङ, बित्तिय संस्थाहरु, बैक, फाइनान्स, हुदा हुदा उनिहरु नै नेपालका संसद भईसकेका छन् । उनिहरु लोटा अर्थात अम्खरा अर्काको घरमा बन्दगी राखेर शुरु गरेको व्यापार बढाउदै मेहनत गर्दै सीप सिक्दै नेपालमा नै मनग्य पैशा कमायर राजनीतिक पार्टीलाई पैशा टन्न दिएर समानुपाति संसद समेत भईसकेका छन् ।

भारतीय मुलका उद्योग कलकारखानमा काम गर्नलाई कामदारहरु पनि भारतीय मुलका मानिसहरु नै ल्याउने भएको हुनाले नेपाली मुलका नागरिकले रोजगारवाट बञ्चित हुनु परेको छ । तर ति भारतीय मुलका मानिसहरुले सीप सिक्ने, मेहनत गर्ने गरेको वाट त्यो प्रगति गरेको हो । कवाडी उठाएर बेच्ने गरेका भारतीय भैयाहरु आज काठमाडौका मालिक बनेका छन् । हामी त्याही नेपाली हौ बेलुका २०० रुपैयाको वियर किनेर खाएको बोतल विहान त्यही कवाडीवालाई दुई रुपैयामा बेचेका नेपालीले त्यही कवाडीवाला २० बर्षमा काठमाडौको महल किन्ने हैसियत बनाउछ र टोलमा उसैको बालबहुल चल्छ । नेपाली मुलका काठमाडौ शहरको घर बेचेर विदेश पस्छ । यस्तो देश बन्दै छ नेपाल ।
समस्या काहा रहेछ ?

हाम्रा युवा पुस्तालाई आकर्षण गर्ने कार्यक्रम सरकारले नीतिगत रुपमा बनाएको रहनेछ । बनाएको भए यो अवस्था आउने नै थिएन । हाम्रो सस्कारमा पनि परिवर्तन गर्नुपर्ने हो कि भन्ने देखिन्छ । सुकिला मुकिला भएर अरुलाई हर्कार्ने मात्र गर्ने होइन सीप सिकाउन र व्यवहारमा लगाउन पनि नेपाली समुदायले नयाँ पुस्तालाई लगाउन सकेका रहनेछौ । यि नेपाली समुदायका कमजोरीहरु हुन् ।
परिवर्तनको नाममा अरुलाई गाली गर्ने, तर सधै बरालिएर हिड्ने वानीले नेपाली समुदायलाई यस्तो देशै खाली गर्ने अवस्थामा पुर्‍याएको देखिन्छ । यो त्यतिवेला स्वतन्त्रको नाममा व्यवस्था परिवर्तन गर्नुपर्छ भनेर विदेशीले सिकाईदिएको तीन अक्षरको शव्द विरोध गर्ने, आन्दोल गर्ने, नेपाली सक्रिय जनशक्ति जति यस्तै आन्दोलमा बरालिएर बसेपछि अरु देशका मानिस आएर आर्थिक रुपमा सम्पन्न हुने र हामी नेपालीलाई तिनै विदेशीले दास बनएर काम लगाउने कारणहरुले विस्तारै देश खाली बनाउदै लगेको कारक बनेको छ ।

अस्थिरताको लामो यात्रा
प्रजातन्त्र ल्याएको ७३ बर्षमा नेपालका प्राकृतिका स्रोत र देशको जलस्रोतको अधिकारत गुमाइसकिएको छ । जस्तै कोशी सम्झौता, गण्डक सम्झौता, महाकाली सम्झौता । बाकी रहेको देशभित्रको अधिकार पनि आर्थिक रुपमा कमजोर बन्दै गुमिसकेको छ । देखावटी सरकार चलाएको र सर्वभौमसत्ता भनेर संविधानमा लेखिएको भएपनि नेपाली जनताको चाहाना भन्दा अप्रत्यशित ढंगवाट सरकार बन्ने ३/३ महिनामा ढल्ने ढलाउने जस्ता काम भईनै राखेका छन् । जसलाई कसैले प्रजातन्त्रको नाम दिए, कसैले गणतन्त्रको नाम दिए लडाए भिडाए दाजुले भाईलाई भाईले दाईलाई मार्ने मराउने काम गरे यस्तै त्रासदीपुर्ण वातारण बनाएर देशका नागरिकहरुलाई देशवाट भगाउने पनि पारे त्यसैको असरहरु आज युवा पुस्ताहरुमा आएको नैरस्यताले देश खाली बन्दै गएको छ ।

युवा पुस्तालाई रोक्न के गर्ने ?
शिक्षामा परिवर्तन गरी सवैलाई प्रविधिक बिषय बिज्ञ बनाउने र पढ्दै व्यवहारमा उर्ताने शिक्षाको नीति बनाई कार्यन्वयन गर्ने ।
कृषिमा आधुनीकिकरण होइन नेपाली करण हुनुपर्छ । नेपालको उत्पादन नेपालीले प्रयोग गर्ने वातावरण । बजारको वारेन्टी, कृषि कर्ममा लाग्नेहरुलाई भुमि माथिको अधिकार सुनिश्चित गर्नुपर्छ । यति दुईवटा काम गर्नसक्ने क्षमता राखेमा मात्र पनि देशको युवा पुस्तालाई रोक्ने आधार हुनेथियो । सम्बन्धित निकायको ध्यान पुगोस् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend