logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

देशले निकास कहिले पाउला ?


  • जन आकाश
  • सोमबार, फाल्गुन १५ २०७९

मोहन कार्की ।
नेपालमा राजनीतिक परिवर्तन धेरै भएका छन् । व्यवस्था नै फेरिएका छन् । तर गरिखाने इमान, जमानमा रहनेहरुको अवस्था कहिल्यै फेरिएको छैन । सत्तामा, सरकारमा पुग्न आलोपालो गरि धेरै राजनीतिक पार्टीका नेता बनेका मानिसहरु नै पुगेका छन् । सत्तामा पुग्नको लागि गर्न पर्ने जायज नजायज कर्म गर्न राजनीतिक पार्टीहरु पछि परेका छैनन् ।



ति राजनीतिक पार्टीका जो सधै शक्तिमा रहनको लागि स्तोसुकै निज कार्य किन नहोस् त्यस्ता कार्य गरेकै थिए । त्यस्तै धृणित कार्य हालसम्म गर्दै आईरहेका छन् । त्यस्तै धृणित कार्य गर्नेहरु सत्तामा, सरकारमा आलोपालो गरिरहेका छन् ।

तिनै मानिसहरु जो शक्तिमा सधै वस्न सक्ने र चलखेल गर्न सक्ने राजनीतिक पार्टीका नेताहरुको अवस्था भने फेरिएको छ । ती केही नेताहरुको जीवन पद्धतीमा परिवर्तन आएको छ । सानको जीवन चलिरहेको देखिन्छ ।

तर देशले उपलब्धिमुलक केही प्राप्त गरेको छैन । देशभित्र रहने धेरै जति नागरिकको अवस्था संकटपुर्ण, सकसमा चलिरहेको छ । बजारमा किन्न पर्ने सामानहरुको मुल्य आकाशिदै गएको छ । उत्पादनमुलक नेपालमा केही छैन भन्ने अवस्थामा पुग्न लागेको छ । छिमेकी राष्ट्रहरुसँगको व्यापार घाटा बढ्दो छ । निर्यात घट्दो अवस्थामा छ । विदेशी मुद्रा सचितीमा अभाव हुन लागेको प्रक्षेपण त एक बर्ष अगाडी नै गरिएको थियो र कतिपय बिलासिताका सामान आयात गर्न रोक समेत लगाइएको थियो । त्यति गर्दा पनि संकट टरेको छैन भन्दै अर्थ मन्त्रालयले २०७९–८० को केही शिर्षकका बजेट सिलिङमा कटौती गरिसकेको छ ।

देशभरी रहेका सहकारी संस्था धेरै जति बन्द भईसकेका छन् । बाकी चलिरहेका पनि संकटपुर्ण अवस्थामा गुज्रीरहेका छन् । सहकारी संस्थामा धेरै मानिसहरु पछिल्लो समय ग्रमीण भेगदेखि शहरमा समेत यस्तै सहकारीवाट सहज सहुलियत रुपमा कारोबार गर्दै आएका मानिसहको जिवनमा परेको असहज, सकस कल्पना गरिसाध्यै छैन । त्यस्तै बित्तिय क्षेत्रको क श्रेणीमा प्रतिस्पर्धामा लगानी गर्ने बैकहरु एकपछि अर्को मर्जरको प्रक्रियामा जादा थोरै मात्रमा रहेका बैकहरुले ऋण प्रवाह गर्दा गर्ने झन्झटिला, लामो समय लगाउने, र तानाशाही प्रवृति सरकारी बैकहरु जस्तै घुस नदिएसम्म ऋण प्रवाह नगर्ने जस्ता समस्या नागरिकले व्यहोरिरहेका छन् ।

एकातिर भने अर्कोतर्फ बैकको व्यावसायिक कर्जालाई १६ प्रतिशतमा पु¥याएको छ । नेपालमा आफ्नो उत्पादन केही नहुदा टे«डिङको व्यापार गर्ने वा होलसेल व्यवसाय गर्ने, व्यवासायीहरुको अवस्था बिग्रेको र कतिपयले आत्महत्या गरेको भनेर काठमाडौस्थित नेपाल व्यापार संघ लगायत व्यवसाय संस्थाहरुले सरकारलाई ज्ञापन पत्र, ध्याणकर्षक पत्र बुझाएको घटनाले पनि नेपालमा संकटको आदी कसरी मडारीदै अगाडी बढिरहेको छ भन्ने संकेत गर्छ ।

देशमा गरिखाना र एउटा परिवार सहज ढंगवाट शिक्षा, स्वास्थ्य, पारिवारिक जीवन चलाउन मार्षिक ५० हजारको आम्दानी गर्ने वातावरण नभएमा जीवन नचल्ने भइसकेको छ । यसरी देशभित्र जीवन चलाउन नसक्नेहरु देश छाडेर वा अन्त कतै पलायन हुनुपर्ने समस्या ज्यूका त्यू रहेको छ । लाखौ लाख युवाहरु देश बाहिर जादा केही मात्रमा उत्पादन हुने कृषि क्षेत्रमा पनि ह्रास आइरहेको छ । यसरी दिनानु दिन नेपाली नागरिकहरुको अवस्था बिग्रदै जानुले नेपाल देशको समस्या पनि गहिरिदै गएको देखिन्छ ।

यसरी देश एकपछि अर्को समस्यामा फस्दै उकुस मुकुस हुदै गएको छ । यस्तो उकुस मुकुस अवस्थामा पुगेको देशलाई निकास दिन कस्ले सक्ला ! त्यसैको प्रतिक्षामा नेपाली नागरिक आशा गरिबसेको सताब्दी हुन लागिसक्यो तर निकास पाउन सकेनन् ।

यसको उत्तर काहावाट खोज्ने ………………………………………

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend