logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जनमत पार्टी सरकारबाट नबाहिरिने : अध्यक्ष राउत


  • जन आकाश
  • मंगलबार, फाल्गुन १६ २०७९

 



काठमाडौ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफूहरू सरकारबाट नबाहिरिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

अन्य पार्टीहरू आफ्नो माग पूरा नभएकाले बाहिरिएको प्रस्ट पार्दै उनले जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको उल्लेख गरे । माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकाले सरकार बदलिएको भन्न नमिल्ने उनको भनाइ छ ।

‘अरू पार्टीहरू त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बारिरिएका हुन् । जनमत पार्टीका लागि त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन,’ उनले भने, ‘योभन्दा पहिला पनि माओवादीकै नेतृत्वमा सरकार थियो । अहिले पनि माओवादीकै नेतृत्वमा सरकार छ । सरकार कहाँ बदलिएको छ त सरकारमा सामेल भएका दलहरू फेरिएका हुन् । सरकार फेरिएको छैन । हामी त्यही भएर सरकारमा यथावत् छौँ ।’

अध्यक्ष राउतले नागरिकता विधेयक, बन्दीको रिहाइ र किसान आन्दोलनलगायतका आफ्नो पार्टीले उठाएको एजेन्डा सम्बोधन हुने अवस्था नआए सरकारलाई गरेको समर्थन फिर्ता हुन सक्ने प्रस्ट पारे ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend