logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

ग्रिसमा रेल आपसमा ठोक्किंदा १६ जनाको मृत्यु दर्जनौं यात्रु घाइते


  • जन आकाश
  • बुधबार, फाल्गुन १७ २०७९

 



काठमाडौं । ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा ठोक्किंदा  १६ जनाको मृत्यु भएको छ । दर्जनौं यात्रु घाइते भएका छन् । समाचार एजेन्सी एएफपीले अग्नि नियन्त्रको टोलीलाई उद्धृत गर्दै रेल दुर्घटनामा १६ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

दुर्घटनामा १६ जनाको मृत्यु भएको र ८५ जना घाइते भएको जनाएको छ । घाइतेमध्ये २५ जनाको अवस्था चिन्ताजनक छ । मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रुबाहक रेल र मालबाहक रेल ठोक्किएका थिए । रेल ठोक्किएपछि डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो । आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए ।

उद्धारका लागि लारिसा क्षेत्रका दुईवटा अस्पतालबाट स्वास्थ्यकर्मीहरुलाई खटाइएको र सेनाको पनि सहयोग मागिएको अधिकारीहरुले बताएका छन् । रेल ठोक्किनुको कारण खुलेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend