logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

 अध्यक्ष गौतम सहित पदाधिकारीले लिए सपथ, सपथ ग्रहणको त्रममा देखियो यस्तो 


  • जन आकाश
  • बिहिबार, फाल्गुन १८ २०७९

 



बिनोद कार्की ।

 काठमाडौं ।काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको ९ औं अधिवेशन ( निर्वाचन ) बाट कृष्ण प्रसाद गौतमको अध्यक्षतामा कार्यसमिति निर्वाचित भएको छ । फाल्गुण १२ गते शहरी बिकास मन्त्री बिक्रम पाण्डेले उद्घाटन गरी रजत जयन्ति, १७ औं साधारण सभा र ९ औ अधिबेशन शुरु भएको थियो ।

 

(निर्वाचन) मा कुल मतदाता संख्या १६१६ रहेकोमा ११२४ जनाले मतदान गरेका थिए । उक्त मतदाता मध्य कृष्ण प्रसाद गौतम अध्यक्ष र सन्तु शेष्ठको टिमवाट मिश्रित पदाधिकारीहरुले विजयी हाशिल गरेका छन् । २०५४ सालमा स्थापना भएको सस्थाक पदाधिकारीहरु नेपालका कार्यकारी पदहरुमा समेत पुगिसकेका छन् ।

२०५४ सालमा स्वा.आङठेली शेर्पाको नेतृत्वमा तर्दथ समिति गठनबाट हुँदा ७०/८० जनाबाट सुरु भएको यो संघमा रामेछाप जिल्ला नेपाली कांग्रेस पार्टीकोे तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पूर्णबहादुर तामाङ (कान्छाराम) अध्यक्ष नेपाल निर्माण व्यवसायी महासंघका वर्तमान उपाध्यक्ष बालकृष्ण थापा, महासचिव रोशन दाहाल काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको अध्यक्ष पदमा निर्वाचित थिए ।

हालै सम्पन्न ९ औं अधिवेशन (निर्वाचन) बाटनिर्वाचित काठमाडौ उपत्यका निर्मांणव् यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुले मितिः २०७९ फागुन १७ गते पद तथा गोपनीयताको सपथ लिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यतामा संघले निर्वाचन अधिकृत अधिवत्ता युवककुमार गौतमले नवनिर्वाचित अध्यक्ष कृष्ण प्रसादगौतमलाई पद तथा गोपनीयताको सपथ गराएण्का थिए । त्यस पछि कार्यक्रममा अध्यक्ष कृष्ण प्रसाद गौतमले नवनिर्वाचित अन्य पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ गराए थिए ।

सपथ ग्रहण कार्यक्रमामा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, उपाध्यक्ष एवम काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका निवर्तमान अध्यक्ष बालकृष्ण थापा पुर्व अध्यक्ष एव महासंघका महासचिव रोशन दाहाल, बागमति,प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव राजकुमार बुढाथोकी, उपमहासचिव भक्त व.बस्नेत, सदस्य चन्द्रकुमार वाईवा लगायत २५० जना निर्माण व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

सपथ पछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गौतमले भने म धेरै भाषण गर्दिन काम गरेर देखाउछु । मेरो कामवाट सन्तुष्ट भई तपाईहरुले प्रशंसा गरेको दिनमा खुशीले अकमाल गर्नेछु । अध्यक्ष गौतमले निर्वाचनमा भाग लिएर सभ्य ढंगवाट निर्वाचन सम्पन्न गराई काठमाडौ उपत्यका निर्माण व्यवसायी संघलाई सहयोग गर्नु हुने काठमाडौं उपत्यका निर्माण व्यसायी संघका निवर्तमान कार्य समिति लगायत सवैलाई त्यस अवसरमा धन्यवाद समेत दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले काठमाडौ उपत्यका निर्माण व्यवसायी संघ संघ साथमा रहि आफुहरु पनि हिड्ने र के सहयोग गर्नुपर्छ त्यो सहयोग गर्न प्रतिवद्ध समेत व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारी सदस्यहरुलाई शुभकामना दिदै काठमाडौं उपत्यका निर्माण व्यवसायी संघमा निवर्तमान महासचिव एवम् अध्यक्ष पदका प्रत्याक्षि शान्तकुमार श्रेष्ठले चुनाव कसैले हारेका हुँदैन, चुनाव भनेको प्रजातान्त्रिक अभ्यास हो, आज कृष्ण प्रसाद गौतम अध्यक्ष हुनु भएको छ म वहाँ लगायत यस कार्यसमितिमा निर्वाचत सवैलाई शुभकामना दिन्छु । यो कार्य समितिमा म नरहेको जस्तो आभास तपाईहरुलाई दिने छैन ।

निर्माण व्यवसायी साथीहरुको समस्या समाधानका लागि अग्रसर रहिरहने छु । निर्माण कार्य सम्पन्न गरेता पनि भुक्तानी पाएका छैनौ, । निर्माण कार्यको सम्झौता गर्दा भएको दर रेट भन्दा आज कयौ गुणा निर्माणका सामग्रीहरुको अत्याधिक मूल्य बृद्धि भएको छ । यसले गर्दा हामीलाइ काम गर्न साह्रै कठिनाइ भएको हुँदा यस बिषयमा छलफल गरि अगाडी बढ्न तपाई हामी एकजुट हुनुपर्ने श्रेष्ठले बताएका थिए ।

सपथ कार्यक्रमको लगतै निवर्तमान कार्य समितिले नवनिर्वाचित कृष्ण प्रसाद गौतमको अध्यक्षतामा गठित काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको बरिष्ठ उपाध्यक्षमा कबिन्द्र महर्जन, प्रथम उपाध्यक्षमा बासु खड्का,द्वीतीय उपाध्यक्षमा तिलकबहादुर लामा र महासचिबमा पन्च बहादुर तामाङ (बिजय ) रहेकाछन् । त्यसै गरी संघको नीति गतउप–महासचिबमा कृष्ण के .सि. (कृस), आन्तरिक उप–महासचिबमा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ, र सह कोषाध्यक्षमा संजिब शाक्य, रहेकाछन् । भने महिला सदस्यमा कविता भट्टराई निर्वाचित भएकीछन् । भने अन्य ९ जना सदस्यहरुमा भक्तबहादुर तामाङ, राजु प्रसाद चौलागाई,हरिराम,तामाङ (थोकर),सुनिल लामा,तुलसी प्रसाद गौतम,बिदुर शिवाकोटी, सुबास श्रेष्ठ,राहुलजङ्ग कार्की र म्हेन्दो लामा रहेकाछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend