जन आकाश
काठमाडौं । संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्न माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ । आज बिहानै देखि तयारी गर्दै बिभिन्न चोकहरुवाट निस्केको ¥यालीले बानेश्वरको संसद भवनको सीमारेखासम्म पुगेर पर्दशन गरिरहेको छ ।
उक्त अभियानमा व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको टोली माइतीघरमा भेला भइ नयाँ बानेश्वरसम्म प्रदर्शन गर्न पुगेको हो । नेपालमा गणतन्त्र स्थापना कालमा प्रचण्डको विश्वास पात्रको रुपमा रहेका प्रसाई नेकपा–नेकपा एक भएपछि नेकपा–नेकपा समर्थित थिए । तर नेकपा –नेकपा वीचमा बिभाजन आएर सरकार ढलेपछि एमालेमा नै रहेका प्रसाई पछिल्लो समय साउदीका राजकुमारवाट सुनको लौरो उपहार पाएर एकाएक चर्चामा आएका मेडिकल व्यवासायी हुन् ।
हाल गणतन्त्रले बिकृति मात्रै ल्याएको भनेर झापावाट अभियाँन शुरु गरेका प्रसाइको नेतृत्वमा मानिसहरुको बढोत्तरी हुदै अभियानले तिव्रता पाउदै गएको छ । यो देख्दा घाटमा पुगेर सेलाउदै गरेको राजतन्त्रले पुनः बउरने होकी भन्ने आशाहरु पलाउन थालेको देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend