जन आकाश
काठमाडौ । नेपालको राजधानी काठमाडौ शहर तथा पाहाडी भु–भागका शहरहरुमा होली पर्वलाई एक अर्कामा अविर दलेर पानी छायापाछयाप गरेर मनाईरहेका छन् ।
विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइँदैछ । काठमाडौंको बसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ ।
बसन्तपुरमा चीर ठड्याइएको ठाउँ नजिकै होली मेला लागेको छ । युवादेखि वृद्धसम्म होलीमा रमाइरहेका छन् ।
बसन्तपुरको होलीमा सधैं जस्तो यसपटक पनि विदेशी पर्यटकको उल्लेख्य सहभागिता देखिएको छ ।
यही फागुन १५ गते बसन्तपुरमा चीर ठड्याइएको थियो ।बसन्तपुरमा चीर ठड्याइएपछि होली औपचारिक रुपमा सुरु भएको मानिन्छ ।
त्यसैगरी नयाँ वानेश्वर चोक अर्थात वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र अगाडी छक्का पञ्जा ४ का चर्चित कलाकारहरुको उपस्थितिमा भव्य कार्यक्रम भईरहेको छ ।
फोटो मोहन कार्की ।




© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend