जन आकाश
काठमाडौ । काठमाडौ उपत्यकामा होली मनाउन मानिसहरु जताततै उल्लास बोकेर निस्केका छन् । बिहानै देखि सभ्य शान्त ढंङगवाट उपत्यकामा एक अर्कामा सदभाव स्वरुप अबिर लगाएर शुभकामना साटासाट गरेका देखिन्थे ।
यहि अवसर पारेर बिभिन्न व्यवासायिक प्रयोजनको लागि छुट्टाछुट्टै ठाउँहरुमा कार्यक्रम गरी मनोरञ्जन दिन नेपालका कलाकारहरुले गीत गाउने, व्याग्य गर्दै हसाउने जस्ता कार्यक्रमहरु पनि भएका छन् । चक्रपथस्थित ग्लोबल टेलिभिजनको आयोजनामा होली कार्यक्रम भएको छ । त्यसैगरी बौद्ध पीपलवोटस्थित तामाङ मार्टमा पनि होली विशेष कार्यक्रम भएको छ । बसन्तपुर डबलीमा भव्य होली विशेष कार्यक्रम भएको छ । बानेश्वरमा पनि चर्चित कलाकारहरुको उपस्थितिमा कार्यक्रम भएको छ । उपत्यका भरीनै बिभिन्न संघ, संस्थाहरुले कार्यक्रमको आयोजना गरी होली पर्वलाई उल्लासमय बनाएका हुन् ।
होली पर्वलाई व्यवस्थित गर्न नेपाल प्रहरीले सुरक्षाको पहरा दिईरहेको छ । कुनै पनि मानिसहरु मादक पदार्थ खाएर कतै झगडा नगरुण भनि बिभिन्न ठाउँहरुमा चेक पोष्ट स्थापना गरी होली पर्वलाई म¥यादित बनाउन नेपाल प्रहरीले भुमिका खेलिरहेको छ ।

भित्र भित्र स–सना नानीहरले समेत होलीको मज्जा लिइरहेका छन् ।
होलीको दिन भनेर त्यति सवारी साधनहरु नचल्दा कामै परेर निस्कनु पर्ने र आफ्नो सवारी साधन नभएका सर्वसाधरणलाईं भने समस्या भोग्नु परेका छ । मुख्य रिङरोडमा सवरी साधन चलेको भएपनि भित्री रुटका सवारी साधन चलेका छैनन् । त्यसैले एर्मजेन्सी परेर काममा निस्कनु पर्ने मानिसहरुको लागि भने समस्या भएको देखिन्छ । यस्ता समस्यालाइ आउदा बर्षहरुमा व्यवस्थित गर्न सम्बन्धित निकायले पाठको रुपमा लिएर सुधार गरोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend