logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

माओवादीहरुद्धारा बालुवाटार कब्जा


  • जन आकाश
  • मंगलबार, फाल्गुन २३ २०७९

मोहन कार्की
कुनैवेला रोल्पाको प्रहरी चौकी कब्जा, कहिले सोलुको सदरमुकाम सल्लेरी माओवादीहरुद्धारा कब्जा भन्ने समाचार आउथ्यो । पछि दाङको घोराही सैनिक व्यारेक कब्जा जस्ता समाचार एफ, एमहरुले बजाउथै पत्रिकाले छाप्थे । यतिवेला तिनै माओवादीहरुले बालुवाटार कब्जा जमाउन थालेका छन् । नेपालको राजधानी उनिहरुकै कब्जामा छ । सरकारमा उनिहरुनै छन । २०६२ सालमा शान्ति प्रक्रियामा आएपछि २०६५ मा सत्ताको तर मार्न थालेपछि भाग बण्डामा नमिलेर तितर बित्तर भएका र , जग्गा अधिकरण गरी प्लटिङ गर्न व्यस्त, कोही विद्रोहको नाममा चन्दा उठाउन व्यस्त, कोही कोही सरकारको वरिपरि घुमेर कमिशनको खेलमा व्यस्त, कोही विदेशी माफीयाहरुसँग सेटिङ मिलाउन व्यस्त भएका माओवादी नेताहरु एकाएक मठारिएर बसेको ओछ्यानमा कसैले पानी पोखेपछि जारक जुरुक्क उठेजस्तै उठेर बालुवाटार कब्जा गर्न आईपुगेका छन् ।



जसमा बोली बाक्य राम्रोसँग बुझ्ने गरी बोल्न नसक्ने बृद्ध अवस्थामा पुगेका बृद्ध नेपालका माक्सवादी भनेर चिनिने र प्रचण्ड, बाबुराम लगायत माओवादी नेताहरुका गुरु मोहन वैद्य देखि विद्रोहमा हामिएको तर पछिल्लो समय विगतको जस्तो विद्रोह गर्न जनताले नपत्याएको सिथिल भएर बसेको नेत्रविक्रम चन्दसम्म बालुवाटारको वैठकमा सहभागि भएका छन् ।

उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायतका नेताहरू प्रचण्डको काशन सुन्न वैठकमा सामेल छन् ।

सर्वोच्च अदालतमा पुष्पकमल दाहाल प्रचण्डको विरुद्ध मुद्दा दर्ता गर्नलाई अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीले सर्वोच्च अदालतमा माग गरेपछि यतिवेला सोही बिषयलाई केन्द्र बनाएर बालुवाटार कब्जा गरेर वैठक गरिरहेका छन् ।

देशमा द्धान्द्ध सृर्जना गरेर झण्डै १८ बर्ष साशनसत्ता हातमा लिएका माओवादीहरुले देशको पक्षमा कामत गर्न सकेनान् नै त्यसैगरी आफ्ना जनयुद्धमा होमाएका कार्यकर्ताहरुलाई समेत सही ढंगवाट व्यावस्थापन गर्न नसकेपछि असफल सिद्ध हुदै आएको छ । उनिहरुको साथमा जनता पनि कम हुदै गएको निर्वाचन परिणामले देखाईसकेको छ । तर सत्तामा टासिरहन भने सफल हुदै आएको छ ।

द्धान्द्धकालका मुद्दा सर्वोच्चमा व्युतिन लागेको संकेत आएपछि  यतिवेला माओवादीहरु अत्तालिएका छन् । अर्को जनयुद्ध गर्ने भन्दै अभिव्याक्ति समेत दिन थालिसकेका छन् । जनताले त्यो जनयुद्ध पत्याउछन् की पत्याउदैन । हेर्न बाकी नै छ । सत्ताका लागि एमसिसि पास गर्ने भुमिकामा समेत सामेल भएपछि उत्तरको छिमेकी राष्ट्र चीनका कम्युनिष्ट पार्टीका नेताहरुले समेत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धेरैपटक भेटेका थिए । र त्यो भेटमा एमसिसि पास गर्नको लागि काहीवाट दवाव आएको हो ? जस्ता प्रश्न चिनिया कम्युनिष्ट पार्टीका नेताहरुले प्रचण्डलाईं गरेको स्रोताहरुले बताईसकेका छन् ।

अर्को चीनले बनाउन लागेको रेशमी मार्गको बिषयमा के भइरहेको छ , फ्रेमवर्कमा गरेको सहमति अनुसार नेपाल चीनको दिर्धकालीन सिगात्से केरुङ रेलमार्ग काहा पुग्यो ? भन्ने प्रश्नहरुले चिनिया कम्युनिष्ट पार्टीले समेत माओवादीप्रति शंकाको रुपमा लिएको अनुमान लगाउन सकिन्छ । तर नेपालको जटिल बन्दै गएको अर्थतन्त्र र धुव्रीकरण बन्दै गएको राजनीति माओवादी नेताहरुको लागि संकटमोचनको रुपमा देखा परेको छ ।

२ दिन मात्र बाँकी रहेको राष्ट्रपति निर्वाचन पछि सत्ता परिवर्तनको खेल हुने सहजै देखिन्छ । जम्मा ३२ सिट सदनमा रहेको माओवादीले बढी सरकारको स्वार्थ राख्दा देखिएका अस्वाभाविक खेलहरु जनतामध्य पनि कम्युनिष्ट खोल ओडेकै किन नहुन ति घटकहरुले मन पराएका छैनन् । यस्तो स्थितिवाट माओवादीहरुले मकानपुरको फापरवारी,थानकोट, किर्तिपुर कब्जा गरे जस्तै सिंहदरवार आउदा दिनमा कब्जा गर्न सक्छन कि सक्दैनन् । सत्ता जोगाउन सकेपनि जनतालाई विश्वासमा लिएर अगाडी बढ्न सक्छन की सक्दैनन् । हेर्न बाँकी नै छ ।

युद्धकालमा कोही भारतमा कोही नेपालका बिभिन्न क्षेत्रमा बसेर मोर्चा बनाउदै त्यतिवेलाको सत्तालाई धुलो चटाउदै सफलता पाएको माओवादी यतिवेला अफै सत्ताको बागडोर समालेर बसेको वेला कसरी अगाडी बढ्छ जनताले चारैतिरवाट हेरिरहेका छन् ।

 

काँग्रेस, माओवादी, एमाले असफल भएर खासै फरक पदैन तर नेपाल देश असफल नहोस् । त्यही मात्र कामना गरौ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend