logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको भाषणमा मानिसहरु गलल किन हासे


  • जन आकाश
  • बुधबार, फाल्गुन २४ २०७९

काठमाडौ । विश्वको सगरमाथा शिखरमा पाइला टेक्ने पहिलो किर्तिमानी महिला पाशाङ लामु शेर्पाको नाम उच्चारण गर्ने क्रममा त्यस कार्यक्रमको प्रमुख अतिथिको हैसियतका आएकी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशिला सिर्पाली ठकुरीले सम्बोधनको क्रममा “महिलाहरु कम छैनन् । उदारणका लागि विगतमा पर्वतारोही पाशाङ लमु शोर्पाले सरगरमाथा आरोहण गर्नुभएर उदारण दिनुभएको छ” भन्न खोज्दा पाशाङ लमु शेर्पा हुनुपर्ने ठाउमा पाशाङ लिम्बु शेर्पा भनेर उचारण गरेकी थिइन । पुनः एकपटक त झुक्किएर त्यस्तो भएको मान्न सकिन्थ्यो तर दोस्रापटक प्रसंङगमा उचारण गर्दा त्यही पाशाङ लिम्बु शेर्पा नै उचारण गर्दा सवैजना दर्शक दिर्घ गलल हासेका थिए ।



नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भइसकेका व्यात्तिले समेत विश्व किर्तिमानी पहिलो महिला पाशाङ लमु शेर्पाको नाम शुद्ध उचारण नगर्दा विश्व समुदायमा कस्तो सूचना जान्छ होला । त्यस कार्यक्रममा स–सना नानीहरु समेत थिए उनिहरुले समेत पछाडी बसेर पाशाङ लमु शर्पा हो के भनेको होला भन्दै कानेखुशी गर्दै थिए ।

ति कलिला विद्यार्थीहरुलाई समेत झुक्काउने गरी राज्यमन्त्रीको सम्बोधनले नेपालका नेताहरु अध्ययन कम गर्दा रहेछन् भन्ने देखाउछ । यस्ता आफ्नो देशको किर्तिमानी बनाउने ईतिहासकारहरुको नाम थाहा नहुनेले देशको नीति, दिर्धकालीन योजना कसरी बनाउलान् । शंकाको बिषय बनेको छ ।

नेपाल पर्वतारोहन संघकाअध्यक्ष निमा नुरु शेर्पाले “नेपालको सरकार स्थाईत्व कहिल्यै नहुने र सरकार एउटा वैधानिक निकाय भएपनि त्यो भन्दा बाहिर रहेका तर सरकारसँग सम्बन्ध राख्ने निकाय नेपाल पर्वतारोहण संघमा पर्वतारोहन सम्बन्धि विषय विज्ञहरु धेरै छन् । कतिय अनुमति दिएका पिकहरुकमा आरोहीहरु आउन सकेका छैनन् । पाँच हजार हाईट भन्दा मुनिका पिकहरु व्यवसायीहरुलाई व्यवास्थापन गर्न अनुमति दिएमा नेपालको पर्वतारोन क्षेत्रवाट राष्ट्रलाई मनग्य आम्दानी हुने बताएका थिए ।”

त्यस कार्यक्रमको सभापति नेपाल पर्वतारोहण संघको पुर्व अध्यक्ष तथा सगरमाथा आरोही संघको अध्यक्ष माया शेर्पाले कार्यक्रमको समापन गर्ने क्रममा बोल्दै “बीमा सम्बन्धि बिषयमा पुरानै चलन रहेको र जम्मा १५ लाँख वीमा हुने व्यवस्था रहेको छ । त्यसलाई बढाएर ५० लाँख बनाउन भन्दै, यसरी बिमा सम्बन्धि नीतिमा सुधार गर्न सके नेपालका कतिपय आरोही बृद्ध अवस्थामा विदेशमा पलायन हुदैनन् थिए भन्दै सम्बन्धित निकायलाई आग्रह गरेकी थिइन । ”

सोही अवसर पारेर देश विदेशमा हिमाल आरोहन गरेका ३० जना महिला आरोहीहरुलाइृ सम्मान पत्रले सम्मानित गर्ने कार्यक्रम रहेको थियो तर ३० जना आरोहीहरु त्याहा उपस्थित थिएनन् । केही आरोही मात्र उपस्थित थिए । त्यस कार्यक्रमा प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुले अन्तराष्ट्रिय महिला दिवशको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend