logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेपछि आकस्मिक अवतरण


  • जन आकाश
  • बिहिबार, फाल्गुन २५ २०७९

 



काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं.८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।

सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ । विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए ।

सो जहाज धादिङको थाक्रेबाट काठमाडौंतर्फ नै फर्किएको छ । अहिले अकस्मिक अवतरण गरिदै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend