logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मध्य बानेश्वरको रत्नराज्य क्याम्पसमा खुकुरी देखाउने विद्यार्थी पक्राउ


  • जन आकाश
  • शनिबार, फाल्गुन २७ २०७९

 



 

काठमाडौं । काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावको उम्मेदवारी दर्ताको दिन खुकुरी देखाएर क्याम्पस हातमा प्रवेश गरका संन्दीप चन्द पक्राउ परेका छन् ।

प्रहरीका अनुसार नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनका सन्दीप चन्द खुकुरीसहित पक्राउ परेका हुन् । उनले स्ववियु चुनावको उम्मेदवारी मनोनयनका क्रममा उनले खुकुरी देखाएका थिए ।

त्यसपछि पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

उक्त स्थानमा उनले कुनै घटना घटाउन खुकुरी लिएर गएको नभै देखाउन मात्र लगेको जस्तो देखिन्छ । उनले लाइनमा बसेका विद्यार्थीहरुलई हास्दै खुकुरी देखाएका थिए । त्यहा प्रत्यक्षदर्शीको रुप्मा रहेका चन्द्र थापाले जनआकाशलाई बताएका थिए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend