logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

नेपाल निर्माण व्यवसायी महासघको २४ औ साधरणसभा प्रज्ञाप्रतिष्ठानमा हुँदै : उदघाटन प्रधानमन्त्रीले गर्ने


  • जन आकाश
  • आइतबार, फाल्गुन २८ २०७९

काठमाडौ । नेपाल निर्माण व्यवसायी महासघको २४ औ साधरणसभा कमलादीस्थित  प्रज्ञाप्रतिष्ठानमा भइरहेको छ।



यतिवेला निर्माण क्षेत्रमा आवद्ध तथा अन्य व्यवसय क्षेत्रका आमन्त्रित व्यत्तित्वहरु, कार्यक्रमस्थलमा आइसकेका छन् । कार्यक्रमको सभापति नेपाल निर्माण व्यवसायी सघका अध्यक्ष रवि सिह रहेका छन।  विशिस्ट अतिथि तथा उपप्रधानमन्त्री  भौतिक योजना तथा यातायात मन्त्री   नारायणकाजी श्रेष्ठ ,  विशेष  अतिथि निर्माण व्यवसायी तथा पुर्व सहरी विकास मन्त्री बिक्रम पाण्डे , अतिथिहरुमा  नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष सुरेन्द्र मल्ल, नेपाल परिसघका बिष्णु अग्रवाल,नेपाल निर्माण व्यवसायी महासघका पुर्व अध्यक्ष यक्षधोवज कार्कि, बिष्णुभाइ श्रेष्ठ ,जयराम लामिछाने ,जिपछिरिङ लामा लगायतले आसन ग्रहण गरिसकेका छन ।

त्यसैगरी काठमाडौ ,ललितपुर सडक डिभिजन प्रमुखहरु नारायण प्र. निहुरे, मुकुन्द प्र. अधिकारी लगायतका सरकारी निकायका प्रतिनिधिहरुले पनि आशन ग्रहण गरिसकेका छन् ।

१० बजे उदघाटन समय तोकेको भएपनी प्रधानमन्त्री पुस्पकल दाहाल प्रचण्ड उपस्थिति ढिलो भएका कारण कार्यक्रम ढिलो भइरहेको जानकारी गराउदै नेपाल निर्माण व्यवासायी महासघका महासचिव रोशन दाहालले कार्यक्रम सन्चालान गरिरहेका छन् ।

यतिबेला नेकपा ( माओवादी केन्द्र ) का फ्याक्सन कमिटीका सदस्यीय गङ्गा कार्किले सम्बोधन गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend