logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

आरआर क्याम्पसबाट खुकुरी सहित विद्यार्थी विद्यार्थी नेता पक्राउ


  • जन आकाश
  • आइतबार, फाल्गुन २८ २०७९

 



काठमाडौँ । राजधानीको प्रदर्शन मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) बाट खुकुरीसहित विद्यार्थी नेता पक्राउ परेका छन् । शनिबार साढे १ बजेको समयमा भएको आपसी विवादका क्रममा खुकुरी निकालेर आतंक मच्चाउने विद्यार्थी नेता मनोज चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मनोनयन दर्ताको विषयलाई लिएर विवाद हुने क्रममा जिल्ला बैतडीको मेलौली नगरपालिका वडा नम्बर ३ घर भएका उनले खुकुरी निकालेर आतंक मच्चाएका थिए । उनी एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियुमा आबद्ध रहेको बताइएको छ ।

घटनाको सम्बन्धमा प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आरआर क्याम्पसमा खुकुरी आतंक मच्चाइएको विषय अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend