logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ


  • जन आकाश
  • सोमबार, फाल्गुन २९ २०७९

 



काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले शपथ लिएका हुन् ।

उनलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका छन्। रामचन्द्र पौडेल गत फागुन २५ गते बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका थिए। पौडेलले ३३ हजार ८०२ मतभार ल्याएका थिए। जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको थियो।

उनले प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई पराजीत गरेका थिए। उनले १५ हजार ५१८ मतभार ल्याएका थिए । जसमध्ये संघमा ७ हजार ७४२ र प्रदेशमा ७ हजार ७७६ मतभार छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने आइतबार नै सकिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend