logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

नेपाल उद्योग बाणिज्य संघमा वरिष्ठ बन्ने होडः स्वत अध्यक्ष हुने वेतिथि


  • जन आकाश
  • बुधबार, चैत्र १ २०७९

 



 

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षका उम्मेदवार लागि यतिवेला अञ्जान श्रेष्ठले र रामचन्द्र संघई मैदानमा उत्रिएका छन् । उनिहरुले आफ्नो प्यानल सार्वजनिक गर्न थालिसकेका छन् ।
रामचन्द्र संघइको प्यानल सार्वजनिक हुने तयारीमा

वरिष्ठ उपाध्यक्षको उम्मेद्धारको रुपमा रहेका रामचन्द्र संघईको प्यानलवाट सन्दीप अग्रवाल, सुरजकृष्ण वैद्य र भरत आचार्य रहेका छन्

अञ्जन श्रेष्ठले गरे प्यानल घोषणा

वरिष्ठ उपाध्यक्षको उम्मेद्धारी दिएका अञ्जन श्रेष्ठले तयार पारेको प्यानलमा एसोसिएट उपाध्यक्षतर्फ ज्योत्सना श्रेष्ठ, वस्तुगततर्फ मणिषलाल प्रधान र जिल्लानगरतर्फको उपाध्यक्षमा अरुण सुमार्गी रहेका छन् ।

उमेशलाल श्रेष्ठको प्यानल

वरिष्ठको उम्मेद्धारी दिएका उमेशलाल श्रेष्ठले पनि प्यानल बनाएका छन् । जसमा  उत्ता रामचन्द्र संघईले राखेका भरत आचर्यलाई उमेशले पनि राखेका छन् । एसोसिएटमा आचार्यसहित जिल्लानगरमा दिनेश श्रेष्ठ र वस्तुगतमा हेमराज ढकाल आफ्नो प्यानलमा रहेको उमेशको दावी छ ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने प्रावधान छ । निवर्तमान अध्यक्ष भवाणी राणाको पालादेखि विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने प्रावधान ल्याइएको थियो । यही प्रावधानअनुसार चन्द्रप्रसाद ढकाल यही चैत २८ र २९ गतेको साधारणसभामार्फत स्वतः अध्यक्ष बन्नेछन् । ढकालपछिको नेतृत्वका लागि यही चैतमा हुने चुनावबाट वरिष्ठ उपाध्यक्षमा चुनिनुपर्छ । यही व्यवस्थाका कारण महासंघको चुनावको केन्द्रमा वरिष्ठ उपाध्यक्ष पद महत्वपुर्ण हुने गर्छ । यो लोकतन्त्र सम्बद छैन ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend