logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

आजबाट विश्व पर्यटन कार्यशाला गोष्टि काठमाडौमा शुरु


  • जन आकाश
  • बुधबार, चैत्र १ २०७९

काठमाडौ । संयुुक्त राष्ट्रसंघ अन्र्तगत विश्व पर्यटन संगठन (UNWTO) र नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय÷नेपाल पर्यटन बोर्डको आयोजना तथा कोरियाको संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालयको सहयोगमा तीन दिवसीय वेटर डाटा फर वेटर टुरिजम इन साउथ एशिया एण्ड प्यासिफिक”Better Data for Better Tourism in Asia and the Pacific” क्षेत्रीय कार्यशाला चैत्र १ गतेवाट काठमाण्डौमा शुरु भएको छ ।



कार्यशाला चैत्र १ देखि ३ गतेसम्म (मार्च १५ देखि १७) सम्म चल्ने छ । कार्यशालामा नेपाल,भारत,बगंलादेश,मलेशिया, माल्दिप्स,इन्डोनेसिया,इरान, फिलिपिन्स , कम्बोडिया, लाओस,कोरिया,थाइल्याण्ड, स्पेन,लगायत ११ देश तथा युएन डब्लु टीओका प्रतिनिधिहरु सहभागी रहनेछन् ।

संयुुक्त राष्ट्रसंघ अन्र्तगत विश्व पर्यटन संगठनले विश्वपर्यटनका विभिन्न आयामहरुमा छलफल गर्दै पर्यटन उद्योगलाई चलायमान गराउन विभिन्न क्षेत्रमा यस प्रकारका कार्यक्रम गर्दै आइरहेकोमा यो क्षेत्रीय कार्यक्रम नेपालमा आयोजना गरिएको जनाएको छ ।

नेपालमा आयोजना गरिएको यो कार्यक्रमका माध्यमबाट विश्व पर्यटनका नयाँ आयामहरुका बारेमा थप जान्न तथा अनुभव आदान प्रदान गर्ने र दीगो पर्यटन विकासमा साझा धारणा तय गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमको उट्घाटन सत्रमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले कोभिडले थलिएको पर्यटन उद्योगको विकास, विस्तार गर्न नयाँ गन्तव्य स्थलको खोजी गरी त्यसको विकास र विविधि करण, पर्यटकीय पूर्वाधारको विकास, यस क्षेत्रमा लगानी बढाउनुका साथै पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विकास र विस्तार गर्नुपर्ने बताउनु बताएका छन् ।

मन्त्री किराँतीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्यटन क्षेत्रको प्रर्वद्धन मार्फत संख्यात्मक तथा गुणात्मक पर्यटक आगमनमा वृद्धि गरी प्राप्त लाभको समन्यायिक वितरण गर्ने कार्यको पनि थालनी गर्न सबैले आ आफ्नो ठाउँबाट प्रयास गर्नु पर्नेमा जोड दिँदै नेपालमा कार्यशाला आयोजना गरेकोमा युएनडब्लु यूटीओलाई धन्यवाद ज्ञापन गर्नु गरेका छन् ।

कार्यक्रममा संयुुक्त राष्ट्रसंघ अन्र्तगत विश्व पर्यटन सङ्कंगठनका एक्सटर्नल रिलेशन निर्देशक बेका जकेली (Mr.BekaJakeli,Direct ofExternal Relations,UNWTO) ले पछिल्लो समय पर्यटनको आयामहरु परिवर्तन हुँदै गएको सन्र्दभमा पर्यटकीय योजना तर्जुमा देखि प्रर्वद्धनात्मक कार्यका लागि गुणस्तरिय तथ्याङ्क आवश्यक हुने बताउनु बताएका छन् ।

स्पेनका लागि नेपाली राजदूत डा. शर्मीला पराजुली ढकालले कोभिडको प्रभाव कम हुँदै विश्व पर्यटन लयमा फर्किन थालेको समयमा नेपालमा आयोजना भएको यो कार्यशालामा विज्ञहरुका बीच हुने छलफल तथा बहसले विश्व पर्यटनलाई दिशा निर्देश गर्ने बताएकी छन् ।

यस्तै गणतन्त्र कोरियाको संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालयका डिजी जोङतायक पार्क ,,( Mr.Jongtaek Park,Director GeneralforTourism Policy,Ministryof Culture,Sportand Tourism,Republic of Korea) भच्र्युल माध्ययमबाट मन्तव्य राख्दै कार्यक्रमले गुणस्तरिय तथ्याङ्कमा काम गर्न र एक अर्को देशको अनुभव साटासाट गर्न कार्यक्रम फलदायी हुने अपेक्षा सहित शुभकामना व्यक्त गरेको आयोजकले जानकारी दिएको छ ।

युएन डब्लयूटिओको आयोजनामा नेपालमा भइरहेको यो कार्यक्रममा पर्यटनका विभिन्न आयामहरुमा हुने छलफल तथा पर्यटन तथ्याङ्कका विषयमा विभिन्न देशहरुका अनुभव आदान प्रदानले पर्यटनको लागि नयाँ दृष्टिकोण तय पार्ने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताएका छन् ।

तीन दिवसीय कार्यशालामा पर्यटनसंग सम्बन्धित विभिन्न सेसनमा छलफल हुने बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिएका छन् । निर्देशक लामिछानेका अनुसार पहिलो दिन “Measuring Tourism for People, Planetand Prosperity”विषयक High-level Discussion, यस्तै The System of Tourism Statistics in Nepal., The path to smooth governance for System of Tourism Statistics., ‘Institutional cooperation for the measurement of tourism.’लगायतका विषयमा विभिन्न सेसन सञ्चालन हुनेछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend