logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

ट्याक्टर दुर्घटनामा परी कैलालीमा एक चालकको मृत्यु


  • जन आकाश
  • बिहिबार, चैत्र २ २०७९

काठमाडौ । कैलालीमा ट्याक्टर दुर्घटना परी चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।



बुधबार राति गोदावरी नगरपालिका-३ चौकिडाँडामा म.१ त १२०९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा कञ्चनपुरको बेलौरी नगरपालिका-७ का ३१ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend