logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रभु बैंकको पिओ एस (Point of Sale) मार्फत् अतिरिक्त बैंकिङ्ग सेवा सञ्चालनमा


  • जन आकाश
  • बिहिबार, चैत्र २ २०७९

काठमाडौ । प्रभु बैंक लिमिटेडले विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन Automated Teller Machine (ATM) सञ्चालन नभएका शाखा कार्यालयहरुबाट समेत प्रभु बैंकको आफ्नै एयष्लत या  Point of Sale (POS) मेशिनको माध्यमबाट Green PIN Set गर्न, PIN परिवर्तन गर्न र विद्यूुतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ ।



विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको शुरुवात गरेको छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्तसेवा उपभोग गरी प्रभु बैंकका सम्पूर्ण ग्राहक महानुभावहरुले अधिकतम् लाभ लिनसक्ने बैकले जनाएको छ ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend