जन आकाश
काठमाडौँ । आगामी २०८० सालको दसैँ बिदा ६ दिन हुने भएको छ । यस्तै तिहार बिदा ५ दिन हुने छ । गृह मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक बिदाको सूचीअनुसार दसैँ बिदा आगामी कात्तिक ४ गते शनिबार देखि कात्तिक ९ गते बिहीबार सम्म हुनेछ ।
अर्थात फूलपाती देखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा हुने गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
यस्तै तिहारको बिदा लक्ष्मी पूजाको दिन अर्थात कात्तिक २६ देखि कात्तिक ३० गते बिहीबारसम्म हुनेछ । अर्थात भाइटिकाको भोलिपल्टसम्म बिदा हुने राजपत्रमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend