logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

देशभर मुशालधारे पानी, किशानहरु खुशी


  • जन आकाश
  • शनिबार, चैत्र ४ २०७९

मोहन कार्की ।



काठमाडौ । गएको कार्तिक देखि नेपालमा खासै बर्ष भएको थिएन । मितिः २०७९ चैत्र ३ गते देशका छिट्टफुट्ट भागहरुमा बर्षा भएको थियो तर सवै ठाउमा बर्षा भएको थिएन । आज ४ गते भने देशभर बर्षा भएको छ । मौषम तथा विज्ञान प्रविधि महाशाखाले दिएको जानकारी अनुसार देशभर बर्षा भएको छ ।

६ महिनासम्म बर्षा नभएका कारण पाहाडी क्षेत्रमा गहु, जौ, फापर जस्ता खाद्यन्न बालीमा सिन्दुरे लागेको छ उक्त वालीहरु अहिले परेको पानीले खासै प्रगति हुदैन ।

अर्को तर्फ आलु रोप्ने सिजनमा पानीको अभावमा आलुको विउ सुक्ने चिन्ताले किसानहरु चिन्तित थिए । त्यसैगरी मध्य तराई र तराई क्षेत्रमा मक्कै रोप्ने सिजन भएको र पानी नपर्दा मक्कै रोप्न पाएका थिएनन् । यसै समयमा सरकारले रासानयनिक मलमा प्रति केजी ९ रुपैयासम्म मुल्य बृद्धि गरेको पीडा थपिएको थियो एकातिर मौषमले साथ नदिएको अर्कोतिर सरकारले रासायनिक मलको भाउबृद्धि गरेको वेला प्रकृतिले भने किसानहरुलाई खुशी पार्ने वातावरण बनाई दिएको छ ।

त्यो बर्षा भएर देशभरका किसानहरु आज दङग छन् । महगै भएपनि मक्कैको विउ किनेर बारीमा रोप्ने तयारीमा आजवाट नै लाग्ने गरी तयारी गरेका छन् ।

कृषि प्रधान देश भनेर कितावमा रटाई रटाई पढाउने तर सधै आकाशको पानी नपरेसम्म किसानले सिचाईको अभावमा बाली लगाउन नपाउने जस्ता समस्या देशमा हुदै आएको छ ।

देशमा उद्योग कलकारखाना प¥याप्त नहुदा देशमा रोजगारको सृर्जना नहुदा लाखौ युवाहरु विदेशमा श्रम वेच्न बाध्य छन् । यस्ता समस्याको सावधान खोजेर काम गर्नसक्ने नेतृत्व देशमा कहिल्यै आएको छैन । भगवान भरोसामा देश चलेको छ । यहिवेला परेको मुशलधारे पानीले देशभरीका किसानलाई खुशी दिएको छ । धन्य छ प्रकृति ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend