logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

नवजात शिशुको शव फेला सुर्खेतमा ?


  • जन आकाश
  • आइतबार, चैत्र ५ २०७९

काठमाडौ । सुर्खेत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एक नवजात शिशुको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका -७ ईत्रामस्थित शंकरचोक नजिकैको बासको झ्याङ्गबाट कुकुरले घिसारेर ल्याउँदै गरेको अवस्थामा आइतबार बिहान शव फेला परेको हो ।



बाँसको झ्याङ्गबाट कुकुरले शव घिसारेर ल्याउँदै गरेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार शिशुको घाँटीमा एअरफोन बेरिएको छ । बच्चा जन्मने वित्तिकै मारेर फालेको हुन सक्ने उनीहरुको आशंका छ । प्रहरीले यसबारेमा अनुसन्धान भइरहेको बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend