logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियुको) नेतृत्वका लागि मतदान शुरु


  • जन आकाश
  • आइतबार, चैत्र ५ २०७९

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्वका लागि मतदान सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान सुरु हुने तय भए पनि केही समय ढिला मतदान सुरु भएको हो ।



केही कलेजहरूमा भने अझै पनि मतदान सुरु हुन सकेको छैन । मतदान अपराह्न चार बजेसम्म जारी हुनेछ । निर्वाचनलाई लक्षित गरी क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ । कतिपय क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भएको छ । विद्यार्थी संख्या र अवस्था हेरेर मतपरिणाम सार्वजनिक छिटो र ढिलो हुनसक्ने त्रिविले जनाएको छ । स्ववियु क्याम्पसमा अध्ययनरत विद्यार्थीको साझा संस्था हो । विद्यार्थीहरूको हक हितको लागि संरक्षण गर्न विभिन्न कार्यक्रम बनाइ कार्यान्वयन गर्ने जिम्मेवारी स्ववियुको हुनेछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend