logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

पाथीभरा दर्शन गर्न आएकी ४७ वर्षीया शिवमाया गौतमको मृत्यु


  • जन आकाश
  • मंगलबार, चैत्र ७ २०७९

काठमाडौ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शन गर्न आएकी एक महिलाको मृत्यु भएको छ । पाथीभरा मन्दिरको दर्शन गरी सोमबार बेलुका माथिल्लो फेदीमा वास बसेकी बिर्तामोड नगरपालिका– २ चारपाने झापा बस्ने ४७ वर्षीया शिवमाया गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले बताए ।



प्रहरी निरीक्षक कार्कीका अनुसार सोमबार पाथीभराको दर्शन गरी पुनः माथिल्लो फेदीमा आई गौतम लगायत आफन्त वास बसेका थिए । बहिनी र अन्य आफन्तका साथ आएकी गौतम मंगलबार राति २ बजेतिर शौचालय गएकी र निकैबेर शौचालयबाट नफर्किए पछि हेर्दा शौचालयमा नै लडेको अवस्थामा भेटिएकी थिइन् ।

तत्काल स्थानीय स्वास्थ्यकर्मी बोलाएर चेकजाँच गर्न खोज्दा उनी मृत भइसकेकी थिइन् । मृत गौतमको शवलाई जिल्ला अस्पतालमा ल्याउने र पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend