जन आकाश
काठमाडौं । उपत्यकामा केही दिनदेखि वर्षा भइरहेको छ । आज बिहान पनि काडमाडौं उपत्यकामा हल्का वर्षा भएको छ । काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । मंगलबार दिउँसो सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना छ ।
साथै केही ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना पनि छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ । पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend