logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको मृत्यु


  • जन आकाश
  • मंगलबार, चैत्र ७ २०७९

काठमाडौ । धनगढी कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने २८ जना घाइते भएका छन् । जोशीपुर गाउँपालिका-७ को हजारीबारामा सोमबार राति से १ त ८८७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले ट्याक्टरमा सवार भजनी नगरपालिका-९ बस्ने १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको मृत्यु भएको जानकारी दिए । उनीहरु दुवै जनाको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको डीएसपी चन्दले बताए ।

दुर्घटनामा परेर घाइते भएका भजनी नगरपालिका कै १६ जनाको घोडाघोडी अस्पताल र १२ जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको डीएसपी चन्दले बताए । उनका अनुसार घाइतेहरु खतरामुक्त छन् । जोशीपुरमा आफन्तकोमा पास्नीको भोज खाएर भजनी नगरपालिका-९ कुणीतर्फ फर्किंदै गर्दा उनीहरु ट्याक्टर दुर्घटनामा परेका हुन् ।

ट्याक्टर चालक भजनी नगरपालिका-९ कै सुरज चौधरी भने फरार छन् । उनको खोजी भइरहेको छ । दुर्घटनाको कारण भने खुलेको छैन तर ओभरलोड र तीव्र गतिका कारण ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend