जन आकाश
काठमाडौ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेको आरोपमा पक्राउ परेका छन् । उनीहरूको साथबाट १६ बुक तास र ३ लाख बढी नगद समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
पक्राउ परेकाहरूमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । सिन्धुपाल्चोकको चौतारा सागाचोक गढीका-३९ वर्षीय दिलीप गिरीले सञ्चालन गरेको क्याफेबाट पक्राउ परेका उनीहरूमध्ये दुई जना भने भारतीय नागरिक रहेको समेत खुल्न आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend