जन आकाश
काठमाडौ । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’मा नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली काङ्ग्रेस महामन्त्री गगन थापाले शुक्रबार मेलास्थलमा पुगेर जुत्ता चप्पलका स्टलहरुको अवलोकन गरेका छन् ।
अवलोकनका क्रममा अध्यक्ष ओलीले नेपालमा जुत्ता–चप्पल उद्योगको दीगोपनाका लागि अवैध रुपमा भित्रिने जुत्ता चप्पल सरकारले नियन्त्रण गर्नुपर्ने आवश्यक्ता औंल्याए । त्यसैगरी उनले नेपाली उद्योगको प्रवर्द्धनका लागि सरकारले कच्चा पदार्थको आयातलाई सहज र सस्तो बनाउनुपर्ने बताए बताए । अध्यक्ष ओलीले स्वदेशी उत्पादनले अहिलेसम्म संरक्षण नपाएको बताए । ’त्यसलाई संरक्षण दिनुपर्छ । त्यसका लागि कच्चा पदार्थको सहज र सस्तोमा पाउने अवस्था बनाउनुपर्छ’ ओलीले स्वदेशी वस्तुको उत्पादनमा बढावा दिन सरकारले नै उपयोग हुने खालको नीतिलाई जोड दिनुपर्ने पनि बताए ।
काग्रेस महामन्त्री थापाले नेपाली जुत्ता उधोगको बिस्तारमा सबै लाग्नु पर्ने बताउँदै आम नेपालीलाई नेपालमै उत्पादीत जुत्ता प्रयोग गर्न आग्रह गरे ।
मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता रहेको आयोजक सबिन कार्किले जानकारी दिए । ब्राण्डेड र बलियो जुत्ता चप्पल विशेष छुटसहित सस्तो मूल्यमा ग्राहकलाई उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए ।
‘हामीले ग्राहकको भावनालाई राम्रोसँग बुझेका छौं,’ उनले भने, ‘एक थलोमा धेरै ब्राण्डका जुत्ताहरु ग्राहकले आफ्नो आवश्यकता अनुसार रोजी रोजी खरिद गर्ने अवसर हामीले प्रदान गरेका छौं ।’ गर्मी सिजन सुरु हुन लागेकाले त्यही सिजनलाई लक्षित जुत्ताचप्पल मेलामा राखिएको छ । ‘मेलामा २ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखिका जुत्ता उपलब्ध छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् ।
मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल उपब्ध छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend