logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

ट्याक्टर दुर्घटना हुँदा धनुषामा एक चालकको मृत्यु


  • जन आकाश
  • सोमबार, चैत्र १३ २०७९

काठमाडौ । जनकपुरधाम धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका-३ का २९ वर्षीय विष्णुबहादुर फुयाल रहेका छन् ।



मृतक फुयाल सोही ट्याक्टरका चालक हुन् । फुयालले ज १ च ३४३७ ट्याक्टर लिएर क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरबाट बटेश्वर गाउँपालिका-५ शान्तिपुर जाँदै गर्दा एभरेष्ट पेपर मिल नजिक दुर्घटना भएको हो ।

फुयालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । घटना स्थलमा मुचुल्का गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend