logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

काउली गीत छोटो समयमै ट्रेन्डिङमा पर्न सफल


  • जन आकाश
  • सोमबार, चैत्र १३ २०७९

काठमाडौँ । हास्य कलाकार तथा गायक हरिवंश आचार्यको शब्द, संगीत र अभिनय रहेको ‘काउली’ गीत ट्रेन्डिङमा परेको छ । गीत गत शुक्रबार अर्थात् चैत ३ गते आरटी इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो ।



चेलिबेटी बेचबिखनविरुद्धको सन्देशमूलक गीत युट्युबको ट्रेन्डिङ नम्बर ११ मा पर्न सफल भएको हो । समाचार तयार पार्दा (आइतबार साढे १२ बजे) सम्म गीतले ४ लाख ७५ हजारभन्दा बढी भ्युज पाइसकेको छ ।

गीतमा कलाकार आचार्यकै स्वर छ । उनलाई गायिका शान्ति श्री परियारले साथ दिएकी छन् । गीतमा श्यामस्वेत रसाइलीको संगीत संयोजन छ । सरोज ओली निर्देशित गीतको भिडियोमा हरिवंशसहित नायिका प्रियंका कार्की, गायक प्रकाश सपुत, बालकृष्ण ओलीलगायतको अभिनय छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend