जन आकाश
मोहन कार्की ।
कुनैवेला स्वर्गीय कृष्ण प्रसाद भट्टराईको चुनवी नारा थियो । “मेलम्चीको पानीले काठमाडौको सडक पखालीदिन्छु ।” त्यो २०४८ सालको आम निर्वाचनको भाषण हो । त्यतिवेला कृष्ण प्रसाद भट्टराई तत्कालीन प्रधानमन्त्री समेत थिए । उनले त्यो काठमाडौ बासीहरुलाई खानेपानी पु¥याउने सपना वाडेका कारणले वा अन्य कारणले २०४८ सालमा भएको आम चुनावमा त्यतिवेलाका काठमाडौमा भोट हाल्ने जनतालाई थाहा होला निर्वाचनमा भट्टराईलाई पराजित गराएर निरुत्साहित बनाएका थिए ।

तर तिनै भट्टराईले अघि सारेको मेलम्ची खानेपानी आयोजना भने अगडी बढि छाड्यो । नेपाल सरकारको ३३ प्रतिशत, एसियाली विकास बैकको ४६ प्रतिशत, बाकी दातृ निकाय जाइका, नार्डिक साहायता कोष, ओपेक, संस्थाहरुको सहयोग रहने गरी परियोजना शुरु भएको थियो ।
उक्त परियोजना निर्माण गरी काठमाडौ उपत्यकामा खानेपानीको अभाव पुर्ति गर्ने र बढी भएको पानी बगेर जाने बागमतीमा मिसाउने र त्यो पानीले तराईका उर्वर क्षेत्रका आसपासमा सिचाई समेत पु¥याउने पाईलट प्रोजेक्टको रुपमा लिईएको थियो । नेपाली काँग्रेसका सभापति तथा देशको प्रधानमन्त्री साथै शन्त नेताको रुपमा छवि बनाएका भट्टराईको अविवाहित रहेर नै जीवन विर्सजन गरिसकेका छन् ।
तर उनले देखेको सपना लिएको लक्ष्य नेपाली जनताले उपभोग गर्न अलिअलि महसुस हुन थालेको छ । तर अझै पुर्ण उपभोग गर्न भने पानी भित्रको राजनीतिक झेलले भट्टराईको सपना पुरा हुन सकेको छैन । मेलम्ची खानेपानी आयोजना शुरु भएदेखि अहिलेसम्म खानेपानी मन्त्री भएकाहरु मध्य धेरैले काठमाडौंमा घर जग्गा जोड्न सफल भईसकेका छन् । त्यसैगरी आयोजना प्रमुख बनेर आउने परियोजना प्रमुखहरु मध्य केही ईमानदार कर्मचारीहरुलाई छोडेर धेरैजतिले मेलम्ची खानेपानीको नामवाट धेरै वटा तारे होटलमा बिभिन्न कार्यक्रमको नाममा रकम झवाम पार्ने देखि लिएर ठेक्का लगाउने मेलोमा नेपालका प्रधानमन्त्री भईसकेका पुर्वमन्त्रीहरु समेत यो खानेपानीको झेलको भेलमा बगीरहेका छन् ।
हुदा हुदा नेपालका कन्ट्रक्शन मात्र नभएर विदेशी कन्ट्रक्शन चीनिया निर्माण कम्पनी चाइना रेलवे समेतको पानी माथिको झेलमा भेल बनेर तरिएको थियो ।
चीनको रेलवे कम्पनीले विसं २०६५ मा सुरुङ निर्माण गर्न ठेक्का सम्झौता, गरी २०६६ सालको सुरुमा सुन्दरीजलमा पहिलो ब्लास्ट गरी काम सुरु गरेको थियो । त्यस ठेक्का सम्झौता गर्न नेपालका बैकहरुले जमानी बसेका थिए । जसमा हालको ग्लोबल आईएमईमा मिसिएको त्यतिवेलाको बैक अफ काठमाडौ, हिमालयन बैक, हाल मेगालाई प्रप्ति गरेपछि बनेको नेपाल ईन्भेष्टमेन्ट मेगा बैक, चाईंना रेलवेको धरौटी ग्यारेन्टी बसेका थिए ।
विसं २०६९मा ६ किलोमिटर निर्माण गरिसकेपछि ठेक्का चाईना रेलवेले ठेक्का रद्द गरेर चिनिया निर्माण कम्पनी नेपालवाट फर्केको थियो । वीचमा काम छोडेर जाने निर्माण कम्पनीको धरौटी फिर्ता नदिने नेपालको कनुन अनुसार नेपालका धरौटी ग्यारेण्टी बसेका बैकहरु समेत समस्यामा परेका थिए । त्यो बिषयलाई लिएर चीनमा समेत नेपालका बैकहरुले मुद्दा दायर गरी पछि मुद्दा जितेर अरबौ रुपैया चिनिया कम्पनीवाट क्षतिपुर्ति प्राप्त गरेका छन् ।
यसरी राष्ट्रिय –अन्तराष्ट्रिय क्षेत्रमा समेत चर्चा परिचर्चा र दवावमा बनिरहेको मेलम्ची खानेपानी परियोजना बन्न–बन्न लाग्दा नेपालका नेताहरु सस्तो लोकप्रीयताको लागि उदघाटन, गर्न लालयित पनि भएका देखिन्थे । जसमा सुन्दरी जलतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने देखि लिएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा धारोमा पानी आईरहेको उदघाटन गरेर देखाएका छन् ।
तर त्यसै भृकुटी मण्डप वरपरका जनताले आजसम्म जारको पानी नकिनेसम्म खानेपानी पिउन पाउदैनन् । कतैकतै मेलम्चीको पानी आएको भएपनि सर्वसाधरणको कठिन बन्दै गएको दैनिकी र जलस्रोतको धनी भएको देशका जनताले सुद्ध पिउने पानी कहिले पाउने हो ।खासै वास्ता गर्न छाडिसकेका छन् । उपत्यकाका आम नागरिकलाई मेलम्चीको पानी काठमाडौ आउछ रे भन्दा कुनैबेला हर्षित हुने गर्दथे । तर आउछ रे आउछ रे आउछ रे भनेर भनेको भन्यै गर्ने तर कहिल्यै भनेको बेलामा सुद्ध पिउने पानी नपाउने र जमिन मुनिको आरस्यानिक मिसिएको पानी पिएर बाच्नु पर्ने सर्वसाधरणलाई मेलम्चीको गाठी कुरो के थाहा ।

मेलम्ची परियोजनाको लैनो भैसी राजनीतिक दलको गलत आसयका साथ निर्वाचनलाई पैशा जुटाउने थलो, मन्त्रीहरुले छानी छानी करोडौ पर्ने गाडी किन्ने स्रोत, खानेपानी मन्त्री देखि लिएर त्याहाका परियोजना प्रमुख, साथै सम्बन्धित निकायका माथिल्ला कर्मचरीको काठमाडौ वा अन्य पायक पर्ने शहरमा घर घडेरी जोड्ने स्रोत, अनि काठमाडौ उपत्यकामा तिनै कर्मचारीहरुले अप्रत्यक्ष लगानी गरेर खोलेका पानी कम्पनी डुब्ने चिन्ता जस्ता समस्याले काठमाडौमा मेलम्चीको खानेपानी ढिलो बनाउनु अझ त्यो परियोजनालाई असफल बनाउन लाग्ने नेपाली काँग्रेस भित्रकै त्यतिवेला देखि यतिवेला सम्म कृष्ण प्रसाद भट्टराईलाई देखि नसक्ने तप्का मेलम्ची खानेपानी नबनिदिए हुन्थ्यो भन्ने सानो कुण्ठा आजपनि पालिरहेका छन् ।
यस्तो भित्री कथा उपत्यका बासीहरुलाई के थाहा !
जे भएपनि केही समय लाग्ला काठमाडौ उपत्यकामा मेलम्चीको खानेपानी १७ करोड लिटर प्रत्येक दिन आउने निश्चित भएको छ । अहिले काठमाडौमा साहायक पाईपहरु बिछ्याउने काम भईरहेको छ ।
अर्को याङग्रीवाट १७ करोड लिटर र लार्के वाट १७ करोड पानी अर्को शुरुङवाट ल्उयाउन अझै केही समय लाग्ने बताएको छ ।
गएको २ बर्ष अगाडी दुईजना इन्जिनियद्धयलाई बर्षाको भेलले हेडबक्स नै भत्काएर बगाएपछि बर्षा याममा मेलम्चीको पानी काठमाडौ उपत्यकामा आउन प्राविधिक समस्या रहेको र काम भईरहेको मेलम्ची परियोजनाले बताउदै आएको छ ।
मेलम्ची आयोजनाको मुख्य पूर्वाधार अन्य सजिलै बनेपनि कठिन रहेको झन्डै मेलम्चीको ग्यालथुम वाट सुन्दरजल जोड्ने २७ किलोमिटर लामो सुरुङ निर्माण रहेको थियो । त्यो सुरुङ सम्पन्न भईसकेको भनेर केपी शर्मा ओलीले नै उदघाटन गरेको नै २ बर्ष वितिसकेको छ ।
उपत्यकामा पानीको हाहाकार
काठमाडौ उपत्यकामा मेलम्चीको पानी आएको डंका पिटेपनि चोक चोकमा पानीको हाहाकार देखिन्छ । झनै बढी जन घनत्व भएको र धेरै पानी चाहिने एरिया जस्तै हाडी गाउँ, असन, इन्द्रचोक, बागबजार एरियामा हप्तामा एकदिन मात्र पानी आउने गरेको र पानी थाप्न मानिसहरु हानथाप गर्ने गरेको देखिन्छ ।
बाज बजारस्थित सलिम मियाँको “हप्तामा दुईदिन पानी आउछ त्यो पनि दुई घण्टाको लागि पालोमा बस्यो पानी थाप्ने पालो पछि परेको छ भने पानी नै सुकिसक्छ ।”यस्ता कथा नयाँ बानेश्वर एरियाका मानिसहरुको पनि छ ।
मेलम्चीको खानेपानीको ईतिहास
विसं २०६५ः सुरुङ निर्माण गर्न चाइना रेलवे कम्पनीसँग ठेक्का सम्झौता भई २०६६ सालको सुरुमा सुन्दरीजलमा पहिलो ब्लास्ट गरी काम सुरु भएको थियो ।
विसं २०६९ मा ६ किलोमिटर निर्माण गरिसकेपछि ठेक्का लिएको चाइना वेलवेले एकतर्फी ठेक्का रद्द गरेको थियो ।
विसं २०७० मा बाँकी सुरुङ निर्माण गर्न इटलीको सीएमसीले अनुमति पाएको थियो ।
इटालीको सिएमसिले पनि विसं २०७५मा २५ किमिभन्दा बढी सुरुङ खनिसकेको अवस्थामा फेरि विभिन्न विवाद भएपछि, सीएमसीसँगको ठेक्का पनि रद्द भएको थियो ।
विसं २०७६ मा सुरुङ र हेडवर्क्सका बाँकी काम गर्न सिनोहाइड्रोसँग ठेक्का अर्को सम्झौता भएको थियो ।
सिनो हाइड्रोले विसं २०७७ असार २१ मा सुरुङको पहिलो परीक्षण गरेर सम्पन्न गरेर ग्याल्थुम–सुन्दरीजल सुरुङ ब्रेक थु्र भएको थियो तर असार ३१ गते नै बाढी आएर दुर्घटना भएपछि स्थगित । ग्याल्थुमवाट पानी पठाउने काम बन्द गरिएको थियो ।
सोही बर्षको विसं २०७७ फागुन १०ः सुरुङमा पानी प्रवाह गरी परीक्षण सुरु गरिएको थियो ।

याङ्ग्री र लार्के
पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी उपत्यका ल्याई सुख्खा मोषमा मात्र वितरण गरिदै आएको र बर्षामा उक्त पानी बाढी र प्राविधिक कठिनाईका कारण ल्याउन सकिरहेको छैन भनि काठमाडौ खानेपानी लिमिडेड केयुकेलले बताउदै आएको छ ।
बढ्दो जनसङ्ख्याका कारण उक्त त्याही १७ करोड लिटरले मात्र नपुग्ने र काठमाडौ उपत्यकिामा भइरहेको पानीका स्रोतहरु जम्मा जम्मी १३ करोड लिटर दैनिक रहेको जम्मा जोड्दा ३० करोड लिटर मात्र छ । दैनिक काठमाडौ बासीहरुलाई ५५ करोड दैनिको हाराहरीमा पानी आवश्यक छ । त्यसकारण दोस्रो चरणमा मेलम्चीको पानीमा याङ्ग्री र लार्के खोलाका पानी समेत मिसाउने योजना मेलम्ची खानेपानी परियोजना अन्तर्गत नै छ ।
पानीको कुल परिमाणः मेलम्चीको १७ करोडमा याङ्ग्री र लार्केको पनि १७÷१७ करोड लिटर जोडेर कुल दैनिक ५१ करोड लिटर पानी आपूर्ति गर्ने योजना परियोजनाको छ ।
थप दुईवटा सुरुङः लार्केबाट याङ्ग्रीमा पानी खसाउन २ किमि छोटो सुरुङ र याङ्ग्रीबाट मेलम्चीमा पानी खसाउन झन्डै ९.५ किमि लामो अर्को सुरुङ आवश्यक छ ।
मेलम्चीको पानी काठमाडौको उपत्यकाकाका मानिसहरुको विपना बन्दै गएको छ । कृष्ण प्रसाद भट्टराईको सपना साकार पार्न नेपाली काँग्रेसको कृष्ण प्रसाद भट्टराईका अनुयायीहरुको नेतृत्वमा रहेको नेपाली काँग्रेसले अलि गम्भिर भएर सोचिदिने हो भने बुढानिलकण्ठमा पनि एकदुईवटा माछा पोखरी बन्थे की ?
नेपाली काँग्रेसको पार्टी कार्यालय रहेको सानेपामा पनि पानीको फोहोरा छुट्थ्यो कि !
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend