जन आकाश
काठमाडौ । रामेछाप-गोकुलगंगा गाउँपालिका बेतालिमा खुकुरी प्रहारबाट एक वृद्धको मृत्यु भएको छ । खुकुरी प्रहारबाट गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेताली लिसेखानिका ८२ बर्षीय शमशेर बहादुर थापामगरको मृत्यु भएको हो ।
अज्ञात समूहले हिजो बेलुका आफ्नै घरमा बसिरहेको अबस्थामा मगर माथी खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते हुनुभएको थापामगरको टाउकोमा गम्भीर चोट लागेको थियो । भने हातको एउटा अम्ला काटिएको थियो । मगरलाई उपचारका लागि सदरमुकाम मन्थली लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
कसले र किन खुकुरी प्रहार गरेको भन्ने बिषयमा केही नखुलेको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend