जन आकाश
मोहन कार्की ।
काठमाडौ । नेपालमा भइरेको राजनीतिक अस्थिरताका कारण देशमा आर्थिक संकट उत्पन्न भईरहेको छ । नेपालमा २०७२ सालमा गणतान्त्रिक संविधान जारी भईसकेपछि आवद्यिक निर्वाचन दुईपटक भईसकेका छन् । पछिल्लो २०७९ बैशाख १० गते को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस एकीकृत समाजवादी लगायत सत्ता गठबन्धन तालमेलमा निर्वाचनमा भाग लिएको थियो । त्यसैगरी प्रदेश र प्रतिनिधिसभा सदस्यको लागि भएको २०७९ मंसिर २१ गते भएको निर्वाचनमा पनि त्यसैगरी सत्ता गठबन्धन निर्वाचनमा तालमेल (मिलीजुली) निर्वाचनमा गएका थिए ।
यसरी हेर्दा पुरानै सरकारले निरन्तरता पाउने आकलन आम जनताले गरेका थिए । जसमा नेपाली काँग्रेस, पहिलो पार्टीको रुपमा निर्वाचित भएको थियो भने दोस्रोमा एमाले, तेस्रोमा नेकपा माओवादी केन्द्र रहेको थियो चौथोमा राष्ट्रिय प्रजातन्त्र पार्टी अन्य दलहरु आशिंक रुपमा राष्ट्रिय पार्टीको रुपमा आएका थिए जस्तै स्वतन्त्र पार्टी, जनमत पार्टी,नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी राष्ट्रिय पार्टीको मान्यता पाएर सदनमा उपस्थित छन् ।
यिनै मध्य विश्वासको मत लिएर मंरिको २१ गते भएको आम निर्वाचनपछि नेपाली काँग्रेसले देशको नेतृत्व गर्ने सवैले आकलन गरिएको थियो तर एकाएक समिकरण परिवर्तन भयो र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एमाले र स्वतन्त्र पार्टीेको समर्थनमा प्रधानमन्त्री भएका छन् । यिनै तिन तहको निर्वाचन अगावै नेपालको ढुकुटीमा अर्थात राष्ट्र बैकका विदेशी मुद्रा सञ्चीति कम भएको भनेर विलासिताका सामानहरु ल्याउन रोक लगाइएको थियो । त्यतिवेला नेकपा माओवादी केन्द्रका संसद जनार्दन शर्मा अर्थमन्त्री थिए । केही समयपछि अर्थतन्त्र सुधारिएको भनेर भनिएपनि राजनीतिक अस्थिरता पुनः बढेर जादा आर्थिक संकट झनै चर्केर गएको छ ।
राष्ट्रपति, उपराष्ट्रपति छान्ने बिषयमा सरकार पक्षधर अर्थात सरकारमा सहभागी दलहरु नेकपा एमाले र नेकपा माआवादी केन्द्र वीच समिकरण भत्किएको छ । पुनः माओवादी केन्द्र, नेपाली काँग्रेस,जनता समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुन यि दलहरुले भित्री सहमति गरिसकेका छन् । चाडै सरकारमा कु मन्त्रालय सगाल्ने भन्ने तयारीमा रहेका छन् । नेकपा माओवादी केन्द्रले संगालेका वाहेक अन्य पार्टीले संगालेका मन्त्रालयहरु सवै खाली अवस्थामा रहेका छन् । यस्तो संक्रमणकालीन अवस्था धेरै रहदा देशमा अविश्वास बढ्ने र आर्थिक क्षेत्रमा दुरगामी असर पर्ने अर्थ विज्ञहरुको भनाई सार्वजनिक भइरहेका छन् । नेपाल श्रीलंकाको बाटोमा गईहरेको चिन्ता व्यक्त हुन थालेका छन् ।
देशमा राजनीतिक अस्थिरता जति धेरै बढ्छ त्यतिनै मात्रमा आर्थिक संकट र देश व्यापार घाटा बढी व्यहोर्न बाध्य हुन्छ । जतिवेला माओवादीले जनयुद्ध गर्दै गरेको वेलामा नेपालको उत्पादन कुनैपनि देशमा नि¥यात गर्न नसकेर देशले ठुलो आर्थिक क्षति व्यहोर्नु परेको थियो ।
अहिले माओवादी सरकारमा रहदा पनि राजनीतिक अस्थिरताका कारण नै देशमा ठुलो आर्थिक संकट उत्पन्न भएको छ । यस्ता राजनीतिक अस्थिरता देशमा धेरै समय राखिनु हुन्न । खाली रहेका मन्त्रालयहरुमा चाडै पदपुर्ति गरेर देशमा चुलिदै गएको आर्थिक संकटवाट जनतालाई राहात दिन सरकार जिम्मेवार भएको लाग्नुपर्ने देखिन्छ ।
हुनत भारतको ईसारामा भएका क्रान्तिहरुले नेपालमा सरकार बनाउने गरेका छन् । भारतले भनेको योजना पुरा भएन भने नेपालमा जस्तो पनि उप्रदो हुदोरहेछ भन्ने दुष्टान्त पहिले देखिनै देखिदै आएको छ । हुदा हुदा नेपालका उधोग, व्यापार, सदन, सरकार भारतीय लवीका मानिसहरु पुगिसकेका छन् । देशै डुब्न लाग्यो भनेर बिभिन्न ब्याक्तिहरु चिन्ता समेत गर्न थालेका छन् ।
त्यसकारण देशमा व्याक्ति विशेषलाई स्थापित गराउन थुप्रै क्रान्ति भएका छन् । तर नेपाल देशको अस्तित्व रक्षा गर्न गनै पर्ने आन्दोलन भएको छैन । समयले देशको अस्तित्वको रक्षा गर्नको लागि वास्तविक आन्दोलन देशका जनताले गर्न पर्ने वेला आएको नेपालीहरुले बताउन थालेको छन् । त्यो आन्दोलन कस्तो हुन्छ । नेतृत्व कस्ले गर्छ कुन तरिकाले गर्छन् । त्यो हेर्न बाँकी छ ।
मितिः २०७९ चैत्र ७ गते जन आकाश साप्ताहिकमा प्रकाशित समाचार
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend