logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

कांग्रेसले ककसलाई पठायो मन्त्री मण्डलमा हेर्नुस्


  • जन आकाश
  • शुक्रबार, चैत्र १७ २०७९

 



काठमाडौं । नेपाली कांग्रेसले चार जनालाई मन्त्री बनाउने भएको छ । पार्टीभित्र भागवण्डा नमिलेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्रीलाई दिएका हुन् ।

स्रोतका अनुसार उपसभाति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने छन् भने प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री हुनेछन् ।

रमेश रिजाल उद्योग र सीता गुरुङ शहरी विकासमन्त्री बन्ने पक्का भएको छ ।

कांग्रेसले ८ मन्त्रालय पाएको छ । तर शेखर कोइराला समूहले दुई मन्त्री स्वीकार नगर्ने बताएपछि बाँकी मन्त्रीहरुको नियुक्ति रोकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend