जन आकाश
काठमाडौ । महोत्तरीमा एसईईमा खटेका एक असईको मृत्यु भएको छ । बलवा नगरपालिका वडा नं.१० धमौरा माविमा सुरक्षामा खटिएका असई ललन कुमार राय पटेलको मृत्यु भएको हो ।
अचानक स्वास्थ्य अवस्था खराब भएपछि उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए । उनी गौर नगरपालिका -२ का बासिन्दा हुन् । बिहान ९ : २५ मिनेट जादाँँ उनको मृत्यु भएको हो । पोस्टमार्टम गरी उनको शव परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend