logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

भारतका क्रिकेटर सलिम दुरानीको निधन


  • जन आकाश
  • आइतबार, चैत्र १९ २०७९

काठमाडौं । भारतका पूर्व क्रिकेटर सलिम दुरानीको निधन भएको छ । आफ्नो पालामा अलराउन्डर क्रिकेटरको पहिचान बनाएका दुरानीको ८८ वर्षको उमेरमा निधन भएको हो ।



आक्रामक बायाँ हाते बलर र ब्याटर दुरानीले २९ टेस्ट खेल्दा १ हजार २०२ रन बटुलेको र ७५ विकेट लिएको ईएसपीएनले जनाएको छ । सन् १९७१ मा वेस्ट इन्डिजमा भारतलाई पहिलो टेस्ट क्रिकेट जिताउन मद्दत गरेका कारण उनलाई सबैभन्दा धेरै सम्झना गरिन्छ । पोर्ट अफ स्पेनमा भएको दोस्रो इनिङमा भारत ७ विकेटले विजयी भएको थियो । सो खेलमा दुरानीले १७ ओभरमा जम्मा २१ रन खर्चिएका थिए ।

दुरानी भारतको गुजरातस्थित आफ्नो भाइको घरमा बस्दै आएका थिए । गत जनवरीमा उनको तीघ्राको हड्डीको अपरेसन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend