logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

नेपाल प्रहरीलाई गौरव गर्न लायक संगठन बनाइनुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ


  • जन आकाश
  • सोमबार, चैत्र २० २०७९

 



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्नलायक संगठनका रूपमा स्थापित गर्न जरूरी रहेको बताएका छन् ।

उनले गैरकानुनी कृयाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने भन्दै नेपाली जनताले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने बताए ।

‘हाम्रो पद भनेको जिम्मेवारी हो । हामी हाकिम बन्ने होइन,’ श्रेष्ठले भने, ‘गरिब असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छ । उनीहरूका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ । वास्ताविक जनताका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ ।’

सोमबार प्रहरी प्रधान कार्यालयको अनुगमनका क्रममा उनले भने, ‘हामीले शासकीय अहंकार देखाउने । त्यो सासकीय अहंकारसहित तथाकथित पदलाई स्थापित गराउने र लाभ र सुविधाकेन्द्रीत बनाउनेमा हामीहरू केन्द्रित हुनुहुँदैन ।’

जनतालाई सेवा दिन राज्यका सबै संयन्त्र लाग्नुपर्नेमा उपप्रधामन्त्री श्रेष्ठले जोड दिए । ‘प्रहरी संगठनले जति काम गर्न सक्यो त्यति यो परिवर्तन जनतासँग पुग्छ । त्यति नै यो परिवर्तनको रक्षा हुन सक्छ,’ उनले भने, ‘प्रहरी संगठनको कामबाट नै जनतामा सरकार हाम्रो पोल्टामा आइपुग्यो भन्ने स्थापित गर्न सक्नुपर्छ ।’

राजनीतिक परिवर्तन र नयाँ प्रकारको लोकतन्त्रको मर्मअनुसार जनतालाई सेवासुविधा दिन राज्यका निकायहरू क्रियाशील हुनुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठको जोड छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले निर्देशनका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्रीप्रति कृतज्ञता ज्ञापन गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend