logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

काठमाडौ उपत्यकामा सटर भाडामा लाग्न छोडे


  • जन आकाश
  • मंगलबार, चैत्र २१ २०७९

मोहन कार्की ।
काडमाण्डौ । काठमाडौ उपत्यकामा मानिसहरुले व्यापार गर्न कुनैवेला सटर नपाउने समस्याले हैरान हुने गदथे । अचेल मुख्य सडकहरुका सटरहरु नै टु लेट लेखेर महिनौ राख्दा समेत भाडामा लाग्न छोडेका छन् । काठमाडौको मुख्य बजार जस्तै असन ईन्द्रचोक, किलागल, पुतली सडक, डिल्ली बजार, अनाम नगर, कोटेश्वरका आसपास, नयाँ बानेश्वरको भित्री सडक, चावेलको भित्री सडक र केही मुख्य सडक, चक्रपथका भित्री सडकमा सटरहरु अचेल भाडामा लाग्न छोडेका छन् ।



डिल्ली बजार ओरालोमा घर रहेका एक घर बेटीको भनाई अनुसार एउटा सटर खाली भएको ९ महिना भइसक्दा पनि भाडामा लाग्न नसकेको बताएकी छन् । उनलाई जन आकाश मिडियाले भाडा महगो लिनु भयो होला अनि खाली बसेको होला होइन भन्दा घर बेटीले भनिन् “पहिला जति भाडा लिईराखेका थियौ त्यो भन्दा बढाएका थिएनौ अरुवेला ३ महिना अगाडी भाडा बुझाएर पसल गर्न व्यापारीहरु खुशी भएर आउथे । लकडाउन पछि महिना मरेपछि भाडा दिदै व्यापारीहरुले व्यापार गरिरहेका थिए । एकजना व्यापारिले चै पसल चलाउन नसकेर पसल नै उठाएर घरतिर लाग्यो त्यसपछि त कोही आएका छैनन् । बैकको ऋणले समस्या पार्न थालिसक्यो” घर भएकी घरवेटीको दुखेसो ।

काठमाडौ शहरमा कुनैवेला एउटा सटर खोजेर पसल अफिस राख्नुपदथ्यो भेटघाट अफिसका हुन्थ्यो किनमेल पसलमा नपुगी सुखै थिएन । तर आज इन्टरनेटको सुविधावाट पनि कतिपय व्यापारहरु अनलाईनवाट नै गर्न सकिने हुनाले पनि सटरहरुको उपयोग हुन छाडेको र सटर भएका सेन्टर घरहरुका घरवेटीहरुले अत्याधिक भाडा असुल्ने बषैपिछे भाडा बढाउने गर्दा व्यापारीले व्यापार गर्ने तरिका बदलेर अनलाइनवाट नै व्यापार गर्न थालेपछि सटरहरु खाली हुदै गएका हुन् । एकातिर भने अर्कोतिर सेन्टरमा रहेका घरहरु जसको चोकमा घर हुन्छ उसको पार्किङ हुदैन । अचेल धेर जति मानिसहरु सवारी साधन लिएर किनमेलमा निस्कन्छन् । तर पार्किङ नभएको ठाउमा व्यापार पनि हुदैन ।

दरवारमार्गमा यतिवेला त्यस्तै समस्या छ । पार्किङ सडकमा गर्ने गरिएको थियो । त्याहा महानगरपालिकाले सडकमा पार्किङ गर्न नदिएपछि त्याहाका व्यापार व्यवासाय चौपट भएका छन् । अग्रीमा भाडा बुझाएका व्यापारीले त्यो भाडा तिरेको पैशा फिर्ता नपाउने भएको हुनाले मात्र पसल राखिरहेको बताएका छन् । केही समयपछि दरवार मार्गका सटरसमेत खाली हुने सम्भावना रहेका छन् ।

अचेल मानिसहरु बढी भिडभाड हुने क्षेत्रहरुमा किनमेल गदैनन् । सडकसँगै टासिएर बनाएका घरहरुमा र तिनै घरको सटरको भाडा धेरै भएपछि त्यस्ता सटरमा किनमेल गर्ने सामान राखेर बिक्री वितरण गर्दा ग्रहक उभिएर एकछिन अडिन सक्ने ठाउ नै हुदैन । त्यसैले त्यस्ता सटरहरु खाली हुदै गएका छन् ।

सुनधारामा ३० बर्षदेखि ईलेक्ट्रिक सामान बेच्दै आएका एकजना व्यापारीले अहिले आफ्नै घर नयाँ बस्तीमा पसल राखेर कन्ट्याक्टमा सामान बिक्री गरिरहेका छन् । उनको भनाई छ । “पहिला फोन थिएन, ईन्टरनेट थिएन, सामान किन्न पसलमा नै आउनु प¥थ्यो अहिले त सम्पर्कवाट नै व्यापार हुने गर्दछ । त्यसैले पसल पनि चाहिदैन । गोदामा सामान राख्ने र अडर आएपछि निकालेर दिदा पनि हुन्छ ।” यसो गर्दा आर्थिक संकटको वेला आर्थिक भार पनि कम चर्को भाडाको समस्या पनि भएन । स्वास्थ्यलाई पनि फाइदा सडकको छेउमा पसल राख्यो धुलो उडेर हैरान हुन्थ्यो ।”ईलेक्ट्रिक पसलेको भनाई ।

यसरी दिनानुदिन काठमाडौ उपत्यकामा सटरहरु खाली हुदै गईराखेका छन् । यसो हुनुको कारण देशमा आर्थिक संकट बढ्दै जानु, घरबेटीहरुले लापरवाही भाडा दर लागु गर्नु, कुनै भााडादर कायम नहुनु, विगतको तुलनामा भौतिक सरचनाहरु जताततै बन्नु, पार्किङको समस्या हुनु, अनलाईनवाट आफुलाई जस्तो सामान चाहेपनि अनलाईनमा मुल्य हेर्न पाइने र अर्डर गर्न सकिने सुविधाको विकास हुनु जस्ता कारणहरुले मुख्य सडकहरुको सटरहरु समेत खाली हुदै गईरहेका छन् ।

मुख्य सडकमा घर भएका घरबेटीहरुले भाडादरमा फेरबदल गरेर भाडा नघटाउने हो भने केही बर्षपछि सटरहरु सवै खाली हुदै जाने सम्भावना बढेर गएको छ ।

फ्लाईट र कोठाहरु पनि खाली
काठमाडौ उपत्यकामा भाडा बढी आउने आसमा फ्लाईट कोठा भाडामा लगाउने मानिसरुको घरहरु समेत खाली हुन थालेका छन् । जताततै फ्लाईट खाली, कोठा भाडामा लेखेका घरहरु भेटिन थालेका छन् । विश्व माहामारी कोरोना कालमा काठमाडौ उपत्यकावाट बाहिरीएका मानिसहरु धेरै जति गाउँमा गएका फर्किएनन् । अर्को काठमाडौ उपत्यकामा घर भएका छोराछोरी अमेरिका, अष्ट्रिेलिया,विकसित मुलकमा पढ्ने नाममा उता गएका र उत्तै घरजम गरि बसेकाहरुले बुवा आामालाई उत्तै लगेपछि घरहरु खाली बनेका छन् । कतिपयको त ति घरहरु प्रयोग विहिन पनि भएर बसेका छन् । कुनै कुनै बिचौलियालाई छोडेर भाडा उठा भनेर अह्रयर राखेका हुन्छन् । ति विचौलियाले मनलाग्नी भाडा असुल्ने गर्ने गरेको हुनाले सस्तो जता पाइन्छ त्यतै कोठा सर्ने गरेको हुनाले बढी भाडा असुल्नेहरुको घर यतिवेला काठमाडौ उपत्यकामा बर्षौसम्म खाली बसेका देखिन्छन् ।

बढी भाडा असुल गर्ने घरबेटीले मान्छे स¥यो कि भाडा बढाई हाल्ने चलन बढ्दो ।
काठमाडौ उपत्यकामा कुनै कुनै राम्रा घरवेटी भेटिन्छन । तर कुनै त मानव भएर पनि दानव जस्ता व्यवहार गर्ने घरवेटी हुन्छन् । बर्ष नै पछिे भाडा बढाउने र त्यही भाडा बढाउने घरवेटी चै मान्छे सर्न पाको छैन अर्को मान्छे मुर्ख बनाउदै खोजेर ल्याउने र बढी भाडा असुल गरिहाल्ने त्यही घरवेटीले चै घरवहाल कर तिर्न जादा भाडामा बस्ने मानिस नै छैनन् आफै मात्र हो भनेर कर छल्ने गरेको भेटिन्छ ।

यस्ता फटाई गर्ने घरवेटीहरुको दिन अचेल सकिएका छन् । बर्षौसम्म फ्लाइट खाली भएर बसेका छन् । आर्थिक अभावका कारण कतिपय ठाउवाट मानिसहरु सामान छोडेर गाउमा बसेका छन् । काठमाडौ महानगरपालिकामा दैनिक २० देखि २५ केश त कोठामा बस्ने मानिस नआएको ५ महिना भयो १० महिना भयो भनि प्रहरी बोलाएर ताला फुटाउदै सामान सुरक्षित राखेर कोठा खोलाउने गरेका घटना बढेका छन् ।

यो अवस्थाहरु हेर्दा विस्तारै काठमाडौका शटर भाडामा लगाएर बढी पैशा असुल गर्ने, घरवेटीहरुको दिन विस्तारै खस्कदै गएको देखिन्छ । काठमाडौ उपत्यकामा घरभाडा मात्र होइन अनेक खालका महगीको समस्या बढ्दै गईरहेको छ । मानिसहरु आम्दानी बढेको छैन । तर महगी बढेको बढ्यै छ । यो घरभाडा लगायत महगी नियन्त्रण नगर्ने हो भने समाजमा अनेक खालका अपराधहरु बढ्न सक्छन् । त्यसैले सम्बन्धित निकायले नीतिगत रुपमा शहर कस्तो बनाउने कसरी बनाउने, बनिसकेको शहरमा मानिसहरुको व्यावस्थापन कसरी गर्ने भन्ने बिषयमा तत्काल काम नथाल्ने हो भने आउदो ५ बर्ष भित्रमा विकराल समस्या निम्तन सक्ने कुरामा कुनै शंका नै छैन ।

चैत्र १४ गतेको जन आकश राष्ट्रिय साप्ताहिकमा प्रकाशित मुख्य समाचार ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend