जन आकाश
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा पार्किङ भाडा महँगो भएको विरोधमा ट्याक्सी चालकहरु आन्दोलित बनेका छन् ।
सोमबार दिउँसो पनि पार्किङको गेटमा उनीहरुले ट्याक्सी राखेर विरोध गरेका थिए । उनीहरुले यस अगाडि देखिनै पार्किङ शुल्क महंगो भएको भन्दै विरोध गर्दै आएका थिए ।चालकहरुले शुल्क घटाउनुपर्ने माग राखेका छन् । विमानस्थलको जग्गा निजी कम्पनीलाई दिएर पार्किङ व्यवस्थापन हुँदै आएको छ ।
पार्किङ गर्दा महँगो शुल्क तिर्नु परेको गुनासो ट्याक्सी चालकबाहेक अन्य नीजी सवारी धनीले समेत गर्दै आएका छन् । पार्किङ शुल्क बापत प्रतिघण्टा २० रुपैयाँ लिँदै आएकोमा हाल ८० रुपैयाँ पुगेको छ । पार्किङ शुल्क थप बढाउने कम्पनीको धम्की पछि चालकहरु आन्दोलित बनेका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend