logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

लामिछानेविरुद्ध मुद्दाको बिषयमा अन्तिम सुनवाइ हुँदै


  • जन आकाश
  • बुधबार, चैत्र २२ २०७९

काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको बलात्कार  मुद्दाको बिषयमा आज अन्तिम सुनवाइ हुदैँछ ।



जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा गत १३ चैतमा पेसी परेपछि उनकै कानुन व्यवसायीले अनुरोधमा पेशी स्थगित गरिएको थियो ।

गत ५ भदौमा राति सिनामंगलस्थित एक होटेलमा लगेर बलात्कार गरेको भन्दै लामिछानेविरुद्ध एक किशोरीले जाहेरी दिएकी थिइन् । सोही जाहेरीका अनुसार पक्राउ परेका लामिछाने रिहा भए पछि पछिल्लो समयमा भने किशोरीको जाहेरी विवादास्पद हुँदै गएको छ । मुख्यतः उनी नाबालिग हो कि होइन भन्ने विषयमा अहिले चर्चा परिचर्चा हुन थालेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend