जन आकाश
काठमाडौं । महानगरपालिकाका प्रमुख बालेन्द्र साह र धरान उपमहानगरका प्रमुख हर्क साम्पाङबीच मंगलबार भेटघाट एवं अनुभव आदान–प्रदान सम्पन्न भएको छ । उनीहरूबीच काठमाडौं महानगरपालिकाको कार्यालयमा भेटघाट भएको हो ।
निर्वाचित भएयताको पहिलो भेटघाटमा उनीहरूले हालसम्मको काम गर्दाको अनुभव साटासाट गरेको जनाइएको छ । सो क्रममा धरान उपमहानगरका प्रमुख साम्पाङले यो वर्ष सडक र खानेपानीका कार्यक्रममा बढी बजेट खर्च गरेको सुनाएका थिए ।
साहले सांस्कृतिक सहर काठमाडौं व्यवस्थित पार्न लागिपरेको बताएका थिए । संघीय राजधानी र धेरै जनसंख्या भएकाले काम गर्न चुनौती भइरहेको बताएका थिए । भेटघाटका बारेमा जानकारी दिँदै प्रमुख साहले सामाजिक सञ्जालमा लेखेका छन्– सिलाम साक्माले मृत्युको बाटो छेके झै नेपालमा विकासको बाटो कसैले छेक्न नसकोस् । उनलाई साम्पाङले भेटको अवसरमा उपहारस्वरूप सिलाम साक्मा लगाइदिएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend