जन आकाश
काठमाडौ । प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेजबीच २०७९ चैत्र २२ गते सेन्ट जेभियर्स कलेजमा एक कार्यक्रम बिच सेन्ट जेभियर्स कलेजका व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पूँजीबजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा सम्झौता भएको हो ।
कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फाद डा.अगस्टिन थोमस एस.जेबाट हस्ताक्षर भएको छ । उक्त कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा र श्रीया कुटु तथा सेन्ट जेभियर्स कलेजको तर्फबाट उप–प्राध्यापक सलुजाचन्द तथा व्यवस्थापन विभाग प्रमुख मह प्रसाद श्रेष्ठको उपस्थिती रहेको थियो ।
सम्झौता अनुसार प्रभु क्यापिटल लिमिटेडले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजीबजार सम्बन्धी सामान्य, आधारभुत,तथा प्राविधीक विश्लेषण सम्बन्धी ज्ञान प्रदान गर्ने रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend