logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

भेटियो दोलखाको कालिञ्चोकमा मानव कङ्काल


  • जन आकाश
  • बिहिबार, चैत्र २३ २०७९

काठमाडौ । दोलखाको कालिञ्चोक गाउँपालिका १ स्थित भैसे पात्लेखोलामा मानव कंकाल भेटिएको छ । पात्लेखोलामा फेला परेको शव सडेगलेको अवस्थामा कपडा र हड्डी केही भाग मात्रै देखिएको छ ।



उक्त स्थानमा मालिङ्गो काट्न जाने क्रममा मङगलबार दिउँसो करिब १ बजे मानव कङ्काल भेटिएपछि स्थानीयले वडाध्यक्ष पदमबहादुर थामीलाई खबर गरेका थिए । वडाध्यक्ष थामीले विगु चौकी , सिङगटी चैकी र चरिकोट प्रहरी चौकीमा खबर गरेको बताए । बुधबार बिहान करिब ८ बजे चरिकोट प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर शव पोस्टमार्टमको लागि सदरमुकाम चरिकोट पठाएको थामीले बताए । उक्त शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend