logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

रबि लामिछाने के भन्दै छन् ?


  • जन आकाश
  • शुक्रबार, चैत्र २४ २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका उमेदवार रवि लामिछानेले तीनवटै क्षेत्रमा जित्ने दाबी गरेका छन् ।



शुक्रबार चुनावी अभियानको क्रममा उनले उपनिर्वाचनमा तीन क्षेत्रमा जित्दै एकको बदला तीनजना संसदमा प्रवेश गर्ने दाबी गरे । उनले आफूलाई विरुवाको संज्ञा दिँदै जरैबाट उखेल्न लागि परेको बताए । मंसिर ४ को निर्वाचनमा आफू जिते पनि बीचबाटोमा तगारो हालेर आफू लडेको बताए । उनले आफूलाई बीचबाटोमा नछाड्न पनि नागरिकसँग आग्रह गरे ।

“चितवनवासीले मलजल गरेर हुर्काएको विरुवालाई जरैबाट उखेल्न खोजेका छन् । चितवनवासीले उखेल्न दिँदैनन्,” लामिछानेले भने, विरुवालाई पानी चाहिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend