logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

तुप्चे काठमाडौं एकता समाजले जोड्यो समाजसँग साहित्य


  • जन आकाश
  • आइतबार, चैत्र २६ २०७९

काठमाडौं । टोखा नगरपालिकामा अवस्थित साहित्यिक गरोको रूपमा चिरपरिचित खाल्डे गरोमा (व्यामिन्टन कोर्ट) तुप्चे काठमाडौं एकता समाजको आयोजना र विश्व नेपाली साहित्य महासङ्घ (नेपाल शाखाको) सहआयोजनामा समाजसँग साहित्यलाई जोड्ने कार्यको सुभारम्भ हुन पुगेको थियो ।



एकता समाजका अध्यक्ष दिपेन्द्रराम भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि आदरणीय व्यक्तित्व तीर्थराज अधिकारी हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरूमा शिवकुमारी के.सी र डिल्लीनाथ भण्डारी लगायत हुनुहुन्थ्यो । यसैगरी अतिथिहरूमा संस्थाका सल्लाहकारहरू र साहित्यकारहरू रहनुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य तुप्चे एकता समाजका सदस्य सुमन अधिकारीले गर्नुभएको थियो । प्रमुख अतिथिले पानसमा बत्ती बालेर समुद्घाटन गरिरहँदा पण्डित नारायणाचार्य कौशिक र राजेन्द्र भण्डारीले स्वस्ती वाचन गरिरहँदा सदाबहार कवि तोयानाथ सुवेदीले शङ्ख बजाउदा उक्त कार्यक्रम स्थल यज्ञभूमि जस्तै गुञ्जायमान भएको थियो ।

उक्त समारोहमा विनेसाम केन्द्रका साहित्य तथा सञ्चार प्रमुख दामोदर ढकाल दीपक, तुप्चे काठमाडौं एकता समाजका सल्लाहकार उज्वल जङ्ग ठकुरी,वेदविज्ञ तिलकप्रसाद लुइँटेल , संस्थाका सल्लाहकार सोमप्रसाद भण्डारी , काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रमुख एस.एस.पी. डा. मनोज के.सी. संस्थाका सल्लाहकार उत्तम अधिकारी , तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्कर अथक रेग्मी , विनेसाम केन्द्रका कोषाध्यक्ष के.बी. पौडेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो भने कविहरू प्रा. डा. गार्गी शर्मा, मुरलीप्रसाद ढकाल, दुर्गा अधिकारी भमरकोटे, सुशीला ढकाल अधिकारी , तोयानाथ सुवेदी, नारायणाचार्य कौशिक, वासुदेव गुरागाई, सत्यनारायण ढकाल, कल्पना अधिकारी भट्टराई , द्वारिका कुईकेल, चन्द्रा न्यौपाने, कृष्णप्रसाद पौडेल, धरणीधर गुरागाई, निराजन अधिकारी आदिले कविता वाचन गर्नु भएको थियो ।

तीन घन्टासम्म चलेको उक्त कार्यक्रम समाजसँग साहित्यलाई जोड्नु नै विवेकशील र उन्नत समाजको विकास हुनु हो भन्ने निस्कर्ष निस्किएको थियो । कार्यक्रमको परिकल्पना र संचालन तुप्चे काठमाडौं एकता समाज र विनेसाम नेपाल शाखाका सचिव कृष्णबहादुर के।सी सापकोटाले गरेका थिए । कार्यक्रम को सम्पूर्ण भिडियो सुखशान्ति मिडियामा गएर हेर्न सक्नुहुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend